डोल्पामा भारी हिमपात, तीन दिनदेखि हवाइ सेवा अवरुद्ध

डोल्पामा भारी हिमपात, तीन दिनदेखि हवाइ सेवा अवरुद्ध

डोल्पा : चैत्र महिनाको आगमनसँगै डोल्पालगायत हिमाली जिल्लामा भारी हिमपात भएको छ । निरन्तर तीन दिनदेखि परेको वर्षापछि २ हजार मिटरभन्दा माथिका सबै क्षेत्रमा हिउँ जमेको छ । 

मंसिरदेखि हिउँ परेपनि जम्न नसकेको डोल्पामा भने यसपटक चैत्रमा हिउँ जमेर सेताम्मे भएको छ । चैत्रमा परेको हिउँबाट सबैभन्दा बढी माथिल्लो डोल्पा प्रभावित भएको छ । 

माथिल्लो डोल्पामा २ फिट भन्दा बढी हिउँ जमेको आँकलन गरिएको छ । माथिल्लो डोल्पाका शे-फोक्सुण्डो गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र छर्काताङसोङ गाउँपालिकामा भारी हिमपात भएपछि उतै थुनिएका छन्।

करिब ५६ सय मिटर उचाइका ठाउँमा हिउँले ढाकेपछि आवतजावत बन्द भएको स्थानीय धावाक्याल्जेन लामाले बताए । उनले चैत्रमा आएको हिउँ पहिरोले चौरी बगाउँछ कि भन्ने चिन्ता लागेको बताए।

तल्लो डोल्पाका कृषक भने खेतीपातीको मुखैमा हिउँ परेपछि खुसी भएका छन्। 

हिउँ र पानी परेपछि खेतीपाती गर्न सहज हुने भन्दै तल्लो डोल्पाका सबै कृषक खुसी भएको स्थानीय नन्दबहादुर लामाले जानकारी दिए । माटो खुकुलो हुने र खेती छिटै उम्रिने भन्दै कृषक खुसी भएको बताए । 

हिमपातले डोल्पाको जनजीवन प्रभावित भएको छ । निरन्तरको हिमपात र पानीले तीन दिनदेखि जुफाल बिमानस्थलमा हवाइ उडान हुन सकेको छैन । 

हवाइ उडान नभएपछि जुफाल बिमानस्थलमा यात्रु अलपत्र परेका छन् । मौसममा सुधार आउन अझै केहि दिन लाग्ने संकेत देखिएपछि यात्रुहरु पैदलमार्ग प्रयोग गर्न थालेको जुफाल बिमानस्थल कार्यालयले जानकारी दिएको छ । 

हिमपात र वर्षाले चिसो ह्वात्तै बढेपछि बालबालिका र वृद्धवृद्धालाई न्यानोगरी बस्न चिकित्सकले आग्रह गरेका छन्। चैत्रमा परेको हिउँ खेल्न मानिस निकै तछाडमछाड गरेको देख्न पाइन्छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.