एपलको स्टोर चीनमा खुल्ला, अरू देशमा बन्द

एपलको स्टोर चीनमा खुल्ला, अरू देशमा बन्द

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ६ हजार पुगेको छ । भाइरसको महामारी फैलिएकै कारण एपल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु आगामी मार्च २७ सम्म बन्द गर्ने घोषणा गरेको छ । 

चीन बाहेक एपलका पसलहरु मार्च २७ सम्म बन्द गरिने तथा कोरोनाको संक्रमण रोकथाममा मद्धत गर्न १ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने एपलका प्रमुख कार्यकारी टिम कूकले ट्वीटमार्फत जानकारी दिएका छन् । कूकले अनलाइन स्टोर भने खुलै रहने जानकारी दिएका छन् ।

कम्पनीले चीन बाहेकका अन्य मुलुकका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरेको छ ।

कम्पनीले घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्देशिका बमोजिम आवश्यक सजकता अपनाइने बताएको छ । 

सिन्ह्वाका अनुसार चीनमा कोरोना संक्रमण नाटकीय रुपमा सुधार आएका कारण एपलका सबै स्टोर खुला गरिएको छ ।   

अमेरिकामा रहेका ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना कार्यालयको व्यवस्थापनमा नयाँ व्यवस्था गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.