एनओसी रोक्‍कापछि मारमा विद्यार्थी, अभिभावकले विदेशमा शुल्क पठाउन पाएनन्

एनओसी रोक्‍कापछि मारमा विद्यार्थी, अभिभावकले विदेशमा शुल्क पठाउन पाएनन्

काठमाडौं : सरकारले उच्च शिक्षा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोकेपछि विदेशमा छोराछोरी पढाईरहेका अभिभावकले विश्वविद्यालयको शुल्क पठाउन पाएका छैनन्।

सरकारले नयाँ विद्यार्थीलाई एनओसी रोक्का गर्ने निर्णय गरको छ। विदेशमै पढिरहेका तर कलेज तथा विश्वविद्यालय परिवर्तन गरेपछि चाहिने शुल्क पठाउनु पर्ने विद्यार्थीका लागि के गर्ने भन्ने निर्णय मन्त्रालयले गरेको छैन। मन्त्रालयले निर्णय नगर्दा नेपालबाट अभिभावकले छोराछोरीलाई शुल्क पठाउन पाएका छैनन्।

छोराछोरीलाई पैसा पठाउँदा अभिभावकले नेपालमा शिक्षा मन्त्रालयले दिएको एनओसी बैंकमा अनिवार्य पेश गर्नुपर्ने हुन्छ। एनओसी लिन गएका सयौं विद्यार्थी अहिले हरेक दिन शिक्षा मन्त्रालयको केशरमहलस्थित कार्यालय पुगेर फर्कने गरेका छन्। भिसा अवधि सकिने लागेका विद्यार्थीले समय थप्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएको हुनुपर्छ। भर्ना हुन नेपालबाट पैसा पठाउनुपर्छ। नेपालबाट पैसा पठाउन एनओसी अनिवार्य हुन्छ।

शिक्षा मन्त्रालयमा भेटिएका भोजपुरका रामहरि राईले अन्‍नपूर्ण अनलाइनसँग भने, ‘एनओसी माग्न जाँदा मन्त्रालयका कर्मचारी तत्काल एनओसी रोकिएको बताउँछन्। तर अष्टेलियामै रहेका विद्यार्थीलाई कसरी पैसा पठाउने भन्दा कुनै जवाफ दिँदैनन्।’ मन्त्रालयका सहसचिव रामशरण सापकोटाले यस विषयमा मन्त्रालयमा छलफल भइरहेको तर निर्णय नभएको बताए। ‘यो गम्भीर समस्या हो। एनओसी रोक्का गरे पनि विदेशमै बसेकालाई भिषा अवधि थप्न तथा कलेज भर्ना गर्न पैसा पठाउनुपर्नेलाई के गर्ने भन्ने विषयमा छिट्टै निर्णय गर्छौ’ सापकोटाले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.