‘त्रिवि परीक्षा सर्दैन, तयारी गर्नु’

‘त्रिवि परीक्षा सर्दैन, तयारी गर्नु’

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले यसअघि तालिका निर्धारण गरेको परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको कारणले परीक्षा सर्ने हल्ला चलेपछि त्रिविले यस्तो निर्णय गरेको हो ।

त्रिवि उपकुलपति कार्यालयले सोमबार उपत्यकाभित्रका आंगिक क्याम्पसका प्रमुख तथा अन्य पदाधिकारीलाई बोलाएर परीक्षाको तयारीबारे छलफल गरेको थियो । छलफलमा तत्काल कोरोना भाइरसको खतरा देखाउँदै परीक्षा स्थगित गर्न नपर्ने तर परीक्षाको समयमा भाइरसको संक्रमणबाट जोगिने उपायबारे सतर्क हुन परीक्षार्थीलाई अनुरोध गर्ने निर्णय भएको छ ।

छलफलमा सहभागी रत्नराजयलक्ष्मी क्याम्पसका विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख देवीप्रसाद घिमीरेले भने, ‘अहिले नै परीक्षा सार्नुपर्ने अवस्था छैन भन्ने विषयमा सहभागीको राय रह्यो । तर परिस्थति प्रतिकुल हुँदै गयो भने जतिखेर पनि निर्णय गर्ने विषयमा छलफल भएको छ ।’

त्रिविले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ । त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ । एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । चैत २७ गतेबाट अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका तयार भएको पनिकाले जनाएको छ ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.