हाइड्रो हब बन्दै लिखु करिडोर

हाइड्रो हब बन्दै लिखु करिडोर

ओखलढुंगा : हिमनदीका उपनामले परिचित लिखुमा एकसाथ ७ जलविद्युत् आयोजना निर्माणाधीन छन्। पूर्वी पहाडका ओखलढुंगा, रामेछाप र सोलुखम्बुको सीमा हुँदै बग्छ लिखु।

७ आयोजना ओखलढुंगाको लिखु गाउँपालिका र रामेछापको लिखु–तामाकोसी गाउँपालिकाको बिजुलीकोट आसपासमा निर्माणाधीन छन्। यी आयोजना पूरा हुँदा लिखुबाट ३ सय २९ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुनेछ । पछिल्लो समय नदीको माथिल्लो क्षेत्र लाहाछेवरदेखि बिजुलीकोटको रातामाटासम्म आयोजनाका संरचना धमाधम निर्माण भइरहेका छन्। रामेछापको उत्तरी बस्ती लाहाछेवरमा ५८ मेगावाटको भिजन जलविद्युत् निर्माणाधीन छ। यो आयोजनाको प्रवेशमार्ग र अन्य संरचना निर्माण भइरहेको छ। आयोजनाले रामेछापको उमातीर्थ नजिकै विद्युत्गृह बनाउने तयारी गरेको छ ।

हिमालय प्रालिले प्रवद्र्धन गरेको ७७ मेगावाटको लिखु–१ आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनामा मुख्य लगानी प्राइम बैंकको छ भने अन्य ६ बैंकको समेत साझेदारी छ। लिखु–१ मा विद्युत् उत्पादनपछि बाहिरिएको पानी फेरि लिखु–२ आयोजनामा प्रयोग गरेर विद्युत् उत्पादन गर्ने तयारी छ । प्रतिमेगावाट १८ करोड लगानी अनुमान गरिएको लिखु–१ मा ३० प्रतिशत लगानी मोतीलाल दुगड समूहको छ । प्रतिमेगावाट १८ करोड खर्च अनुमान गरिएको आयोजना ०७७ साउनमा निर्माण सकिने दुगड समूहका सदस्य राजन खत्रीले बताए।

लिखु–२ को क्षमता ५५ मेगावाट हुनेछ । यो आयोजनामा माछापुच्छ«े बैंकको मुख्य लगानी छ। उमाकुण्ड–१ क्यामाको वाल्दिङ दोभानमा बाँध बनाएर उमाकुण्डकै ठाडोखोलामा विद्युत्गृह निर्माण गरिँदैछ। समूहले तेस्रो आयोजनाको काम पनि सँगै अघि बढाएको छ । लिखुको राङ्दहमा बाँध निर्माण गरी बुकुदोभानमा विद्युत्गृह बनाइने आयोजनाको पनि तीव्र निर्माण भइरहेको छ । २९ दशमलव ४ मेगावाट क्षमताको लिखु–३ आयोजनाले ०७७ असारमा विद्युत् उत्पादन गर्नेछ । दुगड समूहले बनाइरहेका तीनवटै आयोजनाका सुरुङ र पावर हाउस निर्माण, प्रसारण लाइनको सर्भे, जग्गा अधिग्रहणलगायत भइरहेको छ।उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत् रामेछापको चुचुरेस्थित गर्जाङ सबस्टेसनमा केन्द्रीय प्रसारण लाइनमा जोडिने खत्रीले बताए । तीन आयोजनाबाट उत्पादन हुने १ सय ६१ दशमलव ४० मेगावाटमध्ये नेपाल विद्युत् प्राधिकरणले १ सय १४ मेगावाट किन्ने सम्झौता भएको छ। बाँकी अन्यलाई बेच्ने तयारी छ।

आयोजनाका लागि सानाठूला गरी ५ पक्की पुल र करिब १ सय २५ किलोमिटर सडक निर्माण भएको छ। लिखु–४ को ३० प्रतिशत काम सकिएको छ। ५२ दशमलव २ मेगावाट क्षमताको आयोजना निर्माणस्थल ओखलढुंगाको खिजिदेम्बा र रामेछापको उमाकुण्ड गाउँपालिकाको बीचमा पर्छ। विद्युत्गृह ओखलढुंगाको लिम्तीमा बन्दै छ।

लिखुमा अर्को लोअर लिखु आयोजना पनि निर्माणाधीन छ। ओखलढुंगाको लिखु गाउँपालिका र रामेछापको लिखु–तामाकोसी गाउँपालिकाको सिमाना ढाँडेमा बाँध बाँधेर रामेछापको बिजुलीकोटमा पावर हाउस निर्माण अघि बढेको छ। यो आयोजनाको मुख्य लगानीकर्ता सानिमा बैंक हो। २८ दशमलव १ मेगावाट क्षमताको आयोजनाको ५० प्रतिशत काम सकिएको छ। ३ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने आयोजनाको हालसम्म २ दशमलव ३ किलोमिटर सुरुङ बनिसकेको छ।

हाइड्रो हब बन्दै लिखु करिडोर

निर्माणाधीन ७ आयोजनाबाट प्रभावित क्षेत्रमा ओखलढुंगाको लिखु र खिजिदेम्बा गाउँपालिका पर्छन्। ओखलढुंगाका २ गाउँपालिका र रामेछापका उमाकुण्ड र लिखु–तामाकोसी गरि ४ स्थानीय तह आयोजनाबाट प्रत्यक्ष प्रभावित छन्।

एउटै नदीमा ७ आयोजना बन्न लागेकोमा स्थानीय हर्षित छन्। ‘लिखु हाइड्रो हब बन्दै छ, आयोजनास्थल वरपर सडक, खानेपानी जस्ता पूर्वाधार बन्दै छन्, यो खुसीको कुरा हो,’ लिखु गाउँपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय मावर सुनुवारले भने। उनका अनुसार लिखु क्षेत्रको मुहान चाँडै फेरिन्छ।

लिखु हाइड्रो हब बन्दा पूर्वाधार विकासमा योगदान पुग्ने खिजिदेम्बाका सामाजिक कार्यकता लिला सुनुवार बताउँछन्। उनका अनुसार प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा पाउने, पूर्वाधार चाँडै विकास हुने र हाइड्रोमा सेयर पाउने भएकाले उत्साहित छन्। लिखुका जलविद्युत् परियोजनाले खिजिदेम्बा र लिखु गाउँपालिकाले जल पर्यटनबाट फाइदा लिन सक्ने विश्वास स्थानीयको छ।

लिखु–४ का जनसम्पर्क अधिकृत चन्द्रकान्त सुनुवारले आयोजना प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी र सडकजस्ता पूर्वाधार निर्माण गरिरहेकाले स्थानीय लाभान्वित भएको बताए। यस वर्ष आयोजनाका काम अन्तिम चरणमा पुग्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.