हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

बेनी : सडक र विद्युत्को सुविधा नपुगेको धवलागिरी गाउँपालिका–४ मुदी र खाम्लामा हेलिकप्टरमार्फत विद्युत् ट्रान्सफरमर ढुवानी गरिएको छ। विकट वस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न हेलिकप्टर प्रयोग गरिएको हो।

बुधबार सिम्रिक एयरको हेलिकप्टरले दुईपटक ७ सय ५६ केजी तौलका ट्रान्सफर्मर ढुवानी गर्‍यो। धवलागिरी गाउँपालिका–७ को काउसीबोटसम्म ट्याक्टरले पुर्‍याएको ट्रान्सफर्मर हेलिकप्टरबाट मुदी र खाम्लामा लगिएको हो। मान्छेले बोकेर लान संभवन नभएपछि ट्रान्सफर्मर ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिएको सो गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए।

ट्रान्सफर्मर ढुवानीका लागि गाउँपालिकाले पाँच लाख रूपैयाँ विनियोजन गरेको थियो। विनियोजित बजेट अपुग भएपछि अन्नपूर्ण गाउपालिका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगत रूपमा ५० हजार सहयोग गरे। मुदीका २ सय ५५ र खाम्लाका ६५ घरमा विद्युत प्राधिकरणको बेनी वितरण केन्द्र मार्फत आगामी बैशाखभित्र विद्युतिकरण गर्ने तयारी भएको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन्।

विद्युतिकरण गर्न तार तान्ने, मुख्य र शाखा पोल गाड्ने काम सकिएपछि घरघरमा वायरीङ भइरहेको छ। मुदी र खाम्लाका स्थानीय अहिलेसम्म सोलार र मट्टितेल टुकीमा निर्भर छन्। धवलागिरी गाउँपालिकाको ताकमका करिब आठ सय र मराङका करिब डेढ सय घरमा मात्र केन्द्रीय प्रसारण लाइन पुगेको छ। यही वर्ष सोही गाउँपालिका–२को लुलाङमा लघु जलविद्युत र वडा नं ४ को बगरमा सौर्य उर्जा मार्फत विद्युतिकरण गरिएको छ।

गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघु जलविद्युत परियोजना मार्फत विद्युतिकरण गरिएको छ। सबै घरमा केन्द्रीय लाइन, लघु जलविद्युत र सौर्य उर्जा मध्ये कुनै एक सुविधा सबै घरमा पुर्‍याउने गाउँपालिकाको योजना छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.