एसईईको प्रश्नपत्र टिनको बाकसमा, सुरक्षा चिन्ता

एसईईको प्रश्नपत्र टिनको बाकसमा,  सुरक्षा चिन्ता

काठमाडौं : विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा स्थगन भएपछि प्रश्नपत्रको सुरक्षा चिन्ता देखिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्रको सुरक्षा कसरी गर्ने भनेर शिक्षा मन्त्रालयलाई बढी चुनौतीपूर्ण बनेको छ। परीक्षामा यसपटक छात्र र छात्रा गरी ४ लाख ८२ हजार विद्यार्थी सहभागी हुँदै थिए। परीक्षा बिहीबार सुरु गरी चैत १७ गते सम्पन्न गर्ने तालिका थियो।

साधारण र प्राविधिक धारका गरी सबै विषयका लागि ५१ लाख थान प्रश्नपत्र छापिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले बताए। उनका अनुसार ८६ विषयको प्रश्नपत्र छापिएको हो। प्रदेशअनुसार प्रश्नपत्र पनि फरकफरक छापिएको छ। प्रदेश २ मा गत वर्ष केही विषयको प्रश्नपत्र बाहिरिएको थियो।

खकुरेलका अनुसार सबै परीक्षा केन्द्रनजिकै प्रहरी चौकीमा प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याइएको छ। प्रश्नपत्र बाहिरिने त्रासका कारण सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालयमा राख्ने निर्णय गरिएको छ।

प्रश्नपत्र राख्न टिनको बाकस किन्ने र त्यसमा सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्ष र प्रहरी चौकी इन्चार्जले छुट्टाछुट्टै ताल्चा लगाएर राख्ने निर्णय गरिएको छ। बाकस किन्न प्रतिपरीक्षा केन्द्रलाई २ हजार ५ सय रुपैयाँ रकम पठाइएको छ। ‘त्यो बाकसमा केन्द्राध्यक्ष र प्रहरी इन्चार्जबाट दुईवटा ताल्चा लाग्छ। उहाँहरूले आआफ्नो ताल्चा लिएर जानुहुन्छ। परीक्षाको मिति तोकेपछि मात्र खुल्छ’, खकुरेलले भने, ‘प्रश्नपत्र राखेको ठाउँमा उच्च निगरानी गर्ने निर्णय भएको छ।’

सरकारले बुधबार परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो। त्यसबाट एसईई, ११ विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान, सीटीईभीटी, लोकसेवा आयोगलगायत कार्यालयबाट लिइने परीक्षा रोकिएको छ। अधिकांश निकायले प्रश्नपत्र तथा उत्तरपुस्तिका छापेर सम्बन्धित ठाउँमा पु¥याइसकेका थिए।

विश्वविद्यालयको प्रश्नपत्र प्रहरी निगरानीमा

त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगन भएपछि प्रश्नपत्रलाई प्रहरी निगरानीमा राख्ने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले धेरैजसो प्रश्नपत्र परीक्षा केन्द्रनजिकका प्रहरी चौकीमा पु¥याइएको बताएका छन्। ती प्रश्नपत्रको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ।

त्रिविले बिहीबार मात्रै निर्णय गरी चैतभित्र सञ्चालन गर्ने गरी तालिका सार्वजनिक भएका परीक्षा अनिश्चितकालका लागि स्थगन गरेको छ। पठनपाठन भने चैतसम्म लागि मात्र स्थगन भएको त्रिविले जनाएको छ। त्रिविले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षा मिति चैत ७ गतेदेखि तोकेको थियो। चैत ९ गतेदेखि हुन गरी एकवर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भएको थियो। एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेदेखि सञ्चालन हुने तालिका सार्वजनिक भइसकेको थियो। चैत २७ गतेदेखि अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका सार्वजनिक भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.