नारिता र दुबई उडान स्थगित

नारिता र दुबई उडान स्थगित

काठमाडौं : नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान चैत ७ गतेको मध्यरातदेखि लागु हुने गरी स्थगित गरेको छ। कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्म स्थगित गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चैत ७ गते र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने बताइएको छ। यसका अतिरिक्त नियमित उडान चालू रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहे भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइनेछ। यात्रुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

सतर्कता अपनाउन निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण काम थाल्न मातहत निकायलाई निर्देशन दिएका छन्। मन्त्री भट्टराईले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। बिहीबार मन्त्रालय मातहत निकायका विभागीय प्रमुखको बैठक बोलाएर मन्त्री भट्टराईले उच्चस्तरीय समन्वय समितिको बैठकका निर्णय कार्यान्वयन थाल्न निर्देशन दिए।

बैठकले पर्यटन मन्त्रालयअन्तर्गतका सबै साँस्कृतिक केन्द्र, संग्रहालय तथा अभिलेखालय २०७६ साल चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसैगरी साँस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानका सभाहल, प्रेक्षालयमा २०७६ साल चैत मसान्तसम्म कुनै कार्यक्रम आयोजना नगर्ने र पूर्व निर्धारित कार्यक्रमसमेत स्थगन गर्ने निर्णय गरेको छ।

यसैगरी बैठकले विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक स्थलमा एकपटकमा २५ जनाभन्दा बढी तीर्थालु र दर्शनार्थी भेला नहुने व्यवस्था मिलाउन र त्यस्ता स्थलमा लामबद्ध हुने दर्शनार्थी र तीर्थालुबीचको दूरी कम्तीमा १ मिटर कायम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। बैठकले पर्यटकस्तरका होटल, मोटल, रिसोर्ट, लज, रेस्टुरेन्ट एवं बारले ज्वरो मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

मन्त्रालय र अन्तर्गत निकायले आफ्नो कार्यालय भवन र परिसरमा नियमित रूपमा सरसफाइ गर्ने, कार्यालय प्रवेशद्वारमा अनिवार्य ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गरी प्रवेश गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.