कोरोनाले बिहे प्रभावित

कोरोनाले बिहे प्रभावित

वीरगन्ज : बाराको जितपुरका नवीन भगतकी बहिनीको बिहे वैशाख १४ गते हुने तय थियो। वैशाख१४ को बहिनीको वैवाहिक समारोहका लागि नवीनले वीरगन्जको होटल कुमु प्यालेसमा २ लाख ७५ हजार रुपैया तिर्ने गरि बुकिङ पनि गरिसकेका थिए। तर कोभिड-१९ कोरोनाको त्रासले नवीनले बुधबार होटलमा फोन गरेर होटलको बुकिङ क्यान्सिल  गरेका छन्।

'कोरोनाको त्रास दिनहु बढ्दै गएको छ। यो त्रास कहिलेसम्म चल्छ ठेगान नै छैन' नवीनले भने 'त्यसैले होटलको बुकिङ क्यान्सिल गरिसकेको छु। होटलको बुकिङ क्यान्सिल भएपछि बिहे पनि अब वैशाख१४ गते नहुने निश्चित जस्तै छ। केटा पक्षसँग यो विषयमा कुराकानी चलिरहेको छ।' बढ्दो क्रमममा रहेको कोरोना संक्रमणको त्रासले वैवाहिक समारोहमा पनि असर पारेको वीरगन्जका होटल र पाटी प्यालेसका सन्चालकहरुले बताएका छन्।

वीरगन्जका होटल र पाटी प्यालेसमा चैत र वैशाखमहिनामा गर्ने भनिएका अन्य समारोह, गोष्ठी, अन्तरक्रियाका लागि गरिएका बुकिङ पनि कोरोनाका त्रासले धमाधम स्थगित भइरहेको व्यवसायीले बताएका छन्। होटल कुमु प्यालेसमै चैत ८ मा अरिहन्त ग्रीन इनर्जी प्रालिले इलेक्ट्रिसियन मिट समारोहका लागि गरेको बुकिङ गत बुधबार नै फोन गरेर क्यान्सिल गरि दिएको  होटलका सन्चालक कार्कीले जानकारी दिए।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तका अनुसार, कोरोना संक्रमणले सबै भन्दा बढि असर होटल व्यवसायमा परेको छ। पन्तका अनुसार वीरगन्जको होटल र लजका ८० प्रतिशत ग्राहक भारतीय नागरिक र पर्यटक हुन्। तर भारतमा कोरोनाको संक्रमण फैलिएपछि भारतीय नागरिक र पर्यटकको आवगमन ह्वात्तै घटेकाले पाँच दिन यता वीरगन्जका होटल र लजहरु सुनसान जस्तै भएको अध्यक्ष पन्तले बताए।

होटल तथा पर्यटन व्यवसायी संघमा ३३ वटा र वीरगन्ज होटल व्यवसायी संघमा १२ गरि वीरगन्जमा ५५ वटा आवासीय होटल, लज र पाटी प्यालेस छन्। ती बाहेक संघमा आबद्ध नभएका ५० भन्दा बढि साना होटल र लज पनि छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.