कोरोना संक्रमित किशोरीसँगै आएका युवा घरमै, आइसोलेसनमा राख्ने तयारी

कोरोना संक्रमित किशोरीसँगै आएका युवा घरमै, आइसोलेसनमा राख्ने तयारी

बागलुङ : नोबेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका युवा घरमै रहेको पाइएको छ। गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए देखिएको सोमबार सार्वजनिक भएको थियो।

उनीसँगै जहाजमा आएका ढोरपाटन नगरपालिका-५ अधिकारीचौरका एक युवालाई विशेष निगरानीमा राख्न पहल थालिएको छ। ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलीपल्ट गृह जिल्ला प्रस्थान आएका थिए। अहिले उनी आफ्नै जन्मगाउँमा रहेका छन्। उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर पछि गाउँले भयभित भएका छन् । 

घरमा रहेका उनलाई पैदल यात्रामार्फत म‌ंगलबार बुर्तिबाङ बजारमा ल्याइने ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिए। ‘विदेशबाट आएका ती युवा गाउँमै रहेको सूचना आएको छ, यो अवधिमा उनले कतिसँग हात मिलाए, भेटघाट गरे। यो जोखिमपूर्ण विषय हो’ मेयर नेपालीले भने,‘त्यसैले वडाअध्यक्षमार्फत अहिले बुर्तिबाङ बजार ल्याउँदैछौं,। त्यसपछि आइसोलेसनमा राखेर परीक्षण, उपचार लगायतका प्रक्रिया अघि बढाइने मेयर नेपालीले बताए। 

संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.