अमिताभसँग कैटरिनाको ‘डेडली’
मुम्बई : कैटरिना कैफको फिल्म सूर्यवंशी रिलिज हुने तयारीमा थियो तर कोरोना भाइरसको महामारीका कारण रिलिज रोकिएको छ। कैटरिना अहिले नयाँ फिल्म गर्ने तयारीमा छिन्। उनले ‘डेडली’ नामक फिल्म साइन गरेको खबर छ।
यो फिल्मको निर्देशन विकास बहलले गर्नेछन्। बहलको पछिल्लो फिल्म ‘सुपर ३०’ बक्स अफिसमा हिट भएको थियो। विकासले कैटरिनालाई ‘डेडली’ का लागि एप्रोच गरेका थिए। सूत्रअनुसार कैटरिनाले फिल्मको कथा र आफ्नो भूमिका सुनेपछि फिल्म साइन गरेकी हुन्। यो फिल्मको सुटिङ मे महिनाबाट सुरु हुने तयारी थियो तर वर्तमान अवस्थालाई मध्यनजर गरेर अगस्टसम्मका लागि सारिएको छ।
चलचित्रको कथा अन्तिम संस्कारको वरिपरि घुम्ने बताइएको छ। कैटरिनाले अहिलेसम्म यस्तो फिल्म खेलेकी थिइनन्। फिल्ममा बाबु छोरीको सम्बन्ध पनि देखाइनेछ। फिल्ममा बाबुको भूमिकाका लागि अमिताभ बच्चनसँग सम्पर्क गरिएको छ। उनलाई कथा र उनको भूमिकाबारे जानकारी गराइएको छ। अमिताभले यो फिल्म गर्न रुचि देखाए पनि आधिकारिक रूपमा साइन भने गरेका छैनन्।
प्रतिक्रिया दिनुहोस !