निजी स्कुलमा २१०५ आइसोलेसन बेड

निजी स्कुलमा २१०५ आइसोलेसन बेड

काठमाडौं : कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट बच्न निजी विद्यालय सञ्चालहरूले दुई हजार १ सय ५ वटा आइसोलेसन बेड उपलब्ध गराउने भएका छन्। कोेरोना संक्रमण रोकथामका लागि क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलसँग भएको बैठकमा यसबारे छलफल भएको थियो।

कार्यदलका संयोजक तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा आइतबार बसेको बैठकले आइसोलेसन बेड उपलब्ध गराइदिन विद्यालय सञ्चालकलाई अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार विद्यालय सञ्चालकहरूको संस्था हिसान, प्याब्सन र एन प्याब्सनले आफू मातहतका विद्यालयमा सम्भावित ठाउँ खोजेका थिए। हिसानका महासचिव लोकबहादुर भण्डारीले तीनवटै संस्थाको समन्वयमा विद्यालयको नाम छनोट गरेर कार्यदललाई बुझाएको बताए।

उनका अनुसार ती स्कुलमा थप अध्ययन गरेर मात्र बेडमा परिणत गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा निर्णय गरिनेछ। स्कुलमा खोजिएकामध्ये अधिकांश होस्टेलहरू छन्। जहाँ पढाइ सञ्चालन भएको समयमा विद्यार्थीलाई राखिन्थ्यो। उनकाअनुसार उपत्यकाका तीनवटा जिल्लाबाट ६९ वटा स्कुललाई बेड निर्माणका लागि छानिएको छ। जसअनुसार सबै भन्दा धेरै बेड बुढानिलकण्ठ स्कुलमा एक सय वटा बनाउन सकिने सुझाव दिइएको छ। अन्य स्कुलले न्यूनतम २० वटा बेड बनाउन सकिने तथ्यांक दिएका छन्।

आवश्यकता परेको अवस्थामा अन्य स्कुल पनि खोज्न आफूहरू तयार रहेको स्कुल सञ्चालकहरूले प्रतिबद्धता जनाएका छन्। भण्डारीले भने, ‘यो पहिलो चरणको अध्ययन हो। आवश्यकता परेमा अन्य सहयोग पनि गर्नेछौं।’ उपत्यकाको तीन जिल्लामा एक हजार दुई सय निजी स्कुल सञ्चालनमा छन्। एक सय ५० वटा सरकारी स्कुल छन्।

कोरोना भाइरसको संक्रमणको त्रास फैलिएसँगै सरकारले आवश्यकता परेको अवस्थामा आइसोलेसन बेड बनाउन सकिने सम्भावित ठाउँको अध्ययन गरिरहेको छ। स्कुलसँगै ठूला संरचना रहेको अन्य ठाउँमा पनि आइसोलन बेड बनाउने विषयमा कार्यदलले अध्ययन गरिरहेको छ।

त्रिविका प्रशासनिक काम बन्द

त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि सम्पूर्ण प्रशासनिक काम बन्द गरेको छ। कोरोना भाइरसको संक्रमण त्रासका कारण प्रशासनिक काम बन्द गरेको त्रिविले जनाएको छ। चैत २१ गते बाट मात्र कार्यालय खोल्ने त्रिवि सभा तथा कार्यकारी परिषद्ले निर्णय गरेको छ।

तर चिकित्शा शास्त्र अध्ययन संस्थान तथा कृषि र पशु विज्ञान अध्ययन संस्थान भने आवश्यकता अनुसार खुला रहने त्रिविले जनाएको छ। त्रिविले आफू मातहतका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसको पठनपाठन भने यसअघि नै बन्द गरिसकेको छ।

त्रिविमा प्रसाशन र प्राध्यापक सेवासमेत गरेर १५ हजार कर्मचारी कार्यरत छन्। यो अवधिमा बिदा बसेका कर्मचारीलाई वर्खे तथा हिउँदे बिदामा समायोजन गर्ने योजना त्रिविको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.