कोरोना नियन्त्रण अभियानमा प्रदेशको तयारी कमजोर

कोरोना नियन्त्रण अभियानमा प्रदेशको तयारी कमजोर

जनकपुर : कोरोना नियन्त्रण अभियानमा प्रदेश सरकारको तयारी कमजोर देखिएको छ । नियन्त्रणका लागि अन्य प्रदेशले विभिनन योजनाहरू कार्यान्वयनमा ल्याइरहँदा प्रदेश २ सरकारको तयारी प्रभावकारी देखिएको छैन ।

प्रदेश २ मा ५४ लाखभन्दा बढी जनसंख्या छ । साथै, सीमा नजिक भएकाले सबैभन्दा बढी जोखिममा परेको प्रदेश पनि यही नै हो । तर कोरोना भाइरसकाको नमुना संकलन प्रयोशालामा जम्मा ९ वटा किट मात्रै उपलब्ध छ । भाइरसको परीक्षण गर्न खटिने स्वास्थ्यकर्मीहरूको लागि पर्सनल प्रोटेक्सन इक्वीपमेन्ट (पीपीई) पनि २० थान मात्र छ । यी स्वास्थ्य सामग्रीहरू जोखिमको तुलनामा निकै कम रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक रामविनय साह बताउँछन् ।

‘हामीसँग न जनशक्ति छ, न उपकरण नै । यस्तो अवस्थामा कोरोनाको संक्रमण उच्च देखिए परिस्थिति नियन्त्रणबाहिर जाने निश्चित छ’, साहले भने । २ कोठे प्रादेशिक प्रयोगशालामा १४ जना कर्मचारीको दरबन्दी भए पनि ७ जना मात्र कार्यरत छन् । ५ जना प्राविधिक, १ लेखापाल र १ जना कार्यालय सहयोगीको भरमा प्रयोगशाला चलेको छ ।

यता, प्रदेश २ सरकारले माहामारीको नियन्त्रणको लागि सुरुदेखि नै तयारी अवस्थामा रहेको दाबी गरेको छ । महामारीको हल्ला सुनिए लगत्तै सरकारले पूर्व तयारीका लागि विपद् व्यवस्थापन कोषमार्फत प्रत्येक जिल्लामा ५० लाख उपलब्ध गराएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई ५ लाख उपलब्ध गराइएको छ ।

बजेट भए पनि बजारमा सर्जिल उपकरण अभाव कारण्ढा खरिद गर्न नसकिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए । ‘विपद् व्यवस्थापन कोषमा प्रदेश सरकारले पठाएको रकम आइसकेको छ तर बजेट भएरै मात्रै के गर्नु ? पीपीइलगायत अन्य उपकरण बजारमा पाउने मुस्किल छ,’ प्रजिअ निरौलाले भने, ‘हामीले विभिन्न स्थानमा माग गरेका छौं । कतैबाट खरिद गर्न सकिए प्रयास गर्छौं ।’

प्रदेश सरकारले रोग नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयमार्फत कोरोना सम्बन्धी क्रिटिकल केयरका लागि प्रादेशिक अस्पताललाई १२ लाख, जिल्ला अस्पतालहरूलाई ५÷५ लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई औषधि र पर्सनल केयर इक्युपमेन्ट खरिद गर्न १० लाख रुपैयाँ उपलब्ध गराएको छ । त्यसैगरी जनस्वास्थ्य प्रयोगशालालाई ५ लाख, जनचेतना मूलक प्रचार प्रसारको लागि स्वास्थ्य निर्देशनालयलाई ५ लाख, मन्त्रालयमार्फत नितिगत खर्चका लागि १० लाख र सरोकारवालालाई सचेतना मूलक अभियानका लागि १५ लाख रुपैंया छुट्याएको छ ।

रकम भए पनि उपरण अभाव भएकाले क्वारेन्टाइनमा बिरामी राख्ने अवस्था आए उपचारका लागि समस्या हुने स्वास्थ्यकर्मी बताउँछन् । प्रदेश सरकारले २० बढी मूल्यका स्वास्थ्य सामग्रीको व्यवस्था मिलाइदिन संघीय सरकारसँग माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.