भारतबाट आएका सुर्खेत र जुम्लाका १२८ जना क्वारेन्टाइनमा

भारतबाट आएका सुर्खेत र जुम्लाका १२८ जना क्वारेन्टाइनमा

सुर्खेत : कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा भारतबाट आएका एकसय २८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको विभिन्न जिल्लाबाट सुर्खेत फर्किएका एकसय दुई र जुम्ला फर्किएका २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । 

सुर्खेतमा भारतबाट आएकालाई वीरेन्द्रनगरस्थित एक होटल र होस्टेलमा क्वारेन्टाइन राखिएको छ । भने जुम्लाको हिमा गाउँपालिकास्थित राहदेव माध्यामिक विद्यालय मोफ्ला र भानु माध्यामिक विद्यालय पाथरखोलामा २५ जनालाई क्वारेन्टाइन राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन निर्माणाधीन अवस्थामा रहेकाले तत्कालका लागि भारतबाट आएका एकसय दुई जनालाई होटलमा क्वारेन्टाइन राखिएको हो । कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले क्वारेन्टाइनमा राखिएका नेपालका विभिन्न भन्सार नाकाबाट जिल्ल भित्रिएको बताए ।

होटलभित्रै क्वारेन्टाइनमा राखिएकाको निगरानीका लागि स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी परिचालन गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दलबहादुर रावतले बताए । उनका अनुसार होटल र होस्टेलमा क्वारेन्टाइन राखिएकाको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । साथै लकडाउनको अवज्ञा गर्दै सडकमा जथाभावी हिँड्नेलाईसमेत प्रहरीले कारवाही गरिरहेको छ । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन र उच्च सतर्कता अपनाउन नागरिकलाई घरबाहिर ननिस्कन माइकिङ गर्न थालिएको छ । जुम्ला हिमा गाउँपालिकाको राहदेव माध्यामिक विद्यालय मोफ्लास्थित क्वारेन्टाइनमा १९ जना र भानु मावि पाथरखोलास्थित क्वारेन्टाइनमा ५ जनालाई राखिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलका अनुसार थप एक जनालाई कर्णाली प्राविधिक शिक्षालयस्थित क्वारेनटाइनमा राखिएको छ । भने ३ दिनमा जुम्ला भित्रिएका २ हजार ५ सय जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.