प्रहरीले कसरी गर्छ नछोएरै पक्राउ ?

प्रहरीले कसरी गर्छ नछोएरै पक्राउ ?

काठमाडौँ : काठमाडौँमा नेपाल प्रहरीले नछोइकन पक्राउ गर्न सकिने डिभाइसको प्रयोग थालेको छ। शुक्रबारबाट सडकमा अनावश्यक रुपमा हिँडेकालाई पक्राउ गर्न काठमाडौँ प्रहरीले उक्त डिभाइसको प्रयोग थालेको हो। 

शुक्रबारदेखि शुरु भएको उक्त डिभाइसलाई ‘मल्टी फङ्क्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ भनिन्छ। यसले केही मिटरको दूरीबाटै मानिसलाई नियन्त्रणमा लिन सहयोग गर्छ। जसका कारण मानिसलाई छोइरहनु पर्दैन। यसले रोगबाट बच्न सहयोग गर्ने विश्वास गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए। 

शुक्रबार पहिलो दिन ६ वटा डिभाइस प्रयोग गरिएको छ। मानिसहरु सरकारी आदेश नमानी हेल्चेक्र्याइ गरेर सडकमा हिँड्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिन यसरी डिभाइसको प्रयोग गरिएको हो। प्रहरी प्रधान कार्यालयमा भएका अन्य डिभाइसलाई समेत प्रयोग गर्ने तयारी नेपाल प्रहरीको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.