मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चीन जाँदै

मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चीन जाँदै

काठमाडौं : मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान शनिबार चीन जाने भएको छ । नेपाल एयरलाइन्सको दुईवटा विमानमध्ये वाइडबडी विमान अपरान्ह १२ :३० बजे काठमाडौंबाट चीनको गोन्जाव प्रस्थान गर्ने निगम प्रवक्ता अर्चना खड्काले अन्नपूर्ण पोष्टलाई जानकारी दिइन् ।

क्याबिन कु्र र प्राविधिकसहित १० जनाको टोली त्यसतर्फ प्रस्थान गर्न लागेको उनले जानकारी दिइन्। अपरान्ह चीन प्रस्थान गरेर आज राति साढे १० देखि ११ बजेभित्र काठमाडौं आइपुग्ने तयारी भएको खड्काले बताइन् । 

कोभिड १९ रोकथामका लागि नेपाल सरकारले निगमको विमान चार्टर्ड गरी आवश्यक औषधि, उपचार, उपकरण लिन विमान त्यसतर्फ पठाउन लागेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.