लापरवाही गर्नेलाई तर्साउन जंगलमा क्वारेन्टाइन

लापरवाही गर्नेलाई तर्साउन जंगलमा क्वारेन्टाइन

दैलेख : संघीय सरकारले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न मापदण्ड बनाएको छ । मापदण्डमा स्वास्थ्य, सञ्चार, पानी, सडक, विद्युतको पूर्ण व्यवस्था हुनुपर्ने उल्लेख छ ।

सरकारी संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचना होस्टेल, तालिम केन्द्र, होटल, शैक्षिक संस्थालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने मापदण्डमा उल्लेख छ । मापदण्डमा सुरक्षाको व्यवस्था हुनुपर्ने उल्लेख छ।  दैलेखको एक स्थानीय तहमा भने यी हुनै सुविधाबिना जंगलमा नाम मात्रैको क्वारेन्टाइन बनाइएको छ।

कोरोना संक्रमणका शंकास्पद् व्यक्तिलाई राख्नका लागि चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ७ ले अव्यवस्थित र असुक्षित क्वारेन्टाइन निर्माण गरेको हो। जंगलमा त्रिपाल र बाँसको भाटा प्रयोग गरेर क्वारेन्टाइन निर्माण गरिएको छ । सरकारले बनाएको कुनैपनि मापदण्ड पूरा नगरी क्वारेन्टाइन बर्नाएको स्थानीय हेमा खड्काले बताइन् । ‘असुरक्षित क्वारेन्टाइन बनाएर बिरामीलाई झन बिरामी बनाउन खोजियो,’ उनले भनिन् 

वडाध्यक्ष इन्द्रप्रसाद चौलागाईले आफ्नै हिसाबले क्वारेन्टाइन बनाएको नगरपालिकाले जनाएको छ । स्थानीयहरु घर बाहिर निस्किरहने र भनेको नमान्ने भएकाले जंगलको बीचमा क्वारेन्टाइन बनाएर घर बाहिर निस्किएर लापरबाही गरे त्रिपालमा राखिन्छ भन्ने सन्देश दिन खोजिएको वडाध्यक्ष चौलागाईले बताए । 

वडाका सम्पूर्ण जनप्रतिनीधिहरुको सल्लाहमा जंगलमा क्वारेन्टाइन बनाइएको उनको भनाइ छ । ‘स्थानीय नागरिकलाई सतर्क बनाउने उपाए निकालेका हौ,’ वडाध्यक्ष चौलागाई भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.