गोरखा र पालुङटार नगरपालिकामा १३७ बेडको सामूहिक क्वारेन्टाइन

गोरखा र पालुङटार नगरपालिकामा १३७ बेडको सामूहिक क्वारेन्टाइन

गोरखा : गोरखाका दुई नगरपालिकाले सामूहिक क्वारेन्टाइन तयार गरेका छन् । गोरखा नगरपालिकाले वडा नं. १० को मनकामना बहिरा माविमा र पालुङ्टार नगरपालिकाले धर्मावती प्राविमा सामूहिक क्वारेन्टाइन निर्माण गरेका हुन् । गोरखा नगरपालिकाले  ११९ जना क्षमताको र पालुङटार नगरपालिकाले १८ जना क्षमताको क्वारेन्टाइन बनाएको जनाएका छन् । 

गोरखा नगरपालिकाले मनकामना बहिरा माविको छात्रबास र केही कक्षाकोठामा र पालुङ्टारले धर्मावती प्राविको कक्षा कोठालाई क्वारेन्टाइन बनाएका हुन् । क्वारेन्टाइनका लागि आवश्यक सम्पूर्ण उपकरण तथा औषधि तयार गरिसकेको दुवै नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । 

आइतबार दिनभर पनि क्वारेन्टाइनलाई स्तरोन्नती गर्ने काम गर्ने गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए । 'आज दिनभर मेडिकल बेड तयार गर्ने, क्वारेन्टाइनस्थल वरिपरि क्लोरिन छर्कने, सरसफाइ तथा पुछपाछ गर्ने काम हुन्छ, उनले भने, 'औषधि, उपकरण पनि तयार नै छ । ७० थान वाटर प्रुफ, विण्डप्रुफ(पीपीई) पनि छ ।'

पीपीई गोरखा बजारमा नै तयार गरेको भए पनि गुणस्तरीय रहेको उनले बताए ।त्यस्तै पालुङटार नगरपालिकाले पनि आवश्यक उपकरण औषधि जुटाइसकेको जनाएको छ । 'औषधि, उपकरण पनि तयार भइसकेको छ । तातोपानी चिसोपानीको व्यवस्था गर्नुपर्ने छ, 'स्वास्थ्य शाखाका दीपेन्द्र गिरीले भने, 'आँपिपिपल अस्पतालमा चार बेडको आइसोलेसन वार्ड तयार गरेका छौं । डब्लुएचओको मापदण्डअनुसारको ३५ थान पिपिई पनि तयार छ ।'

२९ सेट पीपीई स्थानीयस्तरमा नै तयार गरेको उनले बताए । अक्सिजन सिलिण्डर, मास्क पनि पर्याप्त भएको तर किटको अभाव रहेको उनले बताए ।गोरखा नगरपालिकामा लकडाउन आसपास ४२ जना आएका थिए भने पालुङ्टारमा २६ जना आएका थिए । उनीहरुको अबस्था अहिलेसम्म सामान्य रहेको नगरपालिकाले जनाएको छ ।
 
अहिले सबैको अबस्था सामान्य रहेकाले सामुहिक क्वारेन्टाइनमा राख्नु नपरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।यदि कोही शंकास्पद बिरामी भएमा, कोही अटेरी गरी बाहिर हिडडुल गरेमा वा कसैको परिबारमा वृद्धवृद्धा, बालबच्चा तथा बिरामी भएका भए सामूहिक क्वारेन्टाइनमा राख्ने उनले बताए ।

सम्भावित संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्लास्तरमा कमाण्ड पोष्ट गठन भएको छ । त्यस्तै सामुहिक क्वारेन्टाइन सञ्चालनका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको सञ्चालक तथा व्यवस्थापन समिति गठन गर्नुपर्ने प्रावधान छ । तर गोरखामा स्रप्रजिअ छैनन् । समितिको संयोजक तोक्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

त्यस्तै सामुहिक क्वारेन्टाइनका लागि एमपीएच वा एमडीजीपी संयोजक रहेको स्वास्थ्यकर्मीको समूह गठन पनि हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

सामुहिक क्वारेन्टाइनका लागि मेयरको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.