कोरोना कहर : तरकारी बिक्री नभएपछि नि:शुल्क वितरण

कोरोना कहर : तरकारी बिक्री नभएपछि नि:शुल्क वितरण

दैलेख : सरकारले कोरोना भाइरस  (कोभिड–१९)को संक्रमण जोखिम नियन्त्रण तथा रोकथामका लागि गत मंगलबार देखिनै लकडाउन गरेको छ। कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको आज ६ दिन पुगेको छ। 

यतिबेला सहर होस् या गाउँका सबै नागरिक घरभित्र बसिरहेका छन्। यातायात, व्यापार, व्यवसाय ठप्प छ। दैलेखका विभिन्न स्थानमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने समुदाय खाद्यान्नको अभाव झेलिरहेका छन्।

 जिल्लामा तरकारीको अभाव भइरहेको समयमा एक किसानले भने लकडाउन अवधिभर नि:शुल्क तरकारी बाँडिरहेका छन्।  लकडाउनले बारीमा लटरम्म फलेको तरकारी बिक्री वितरणमा समस्या भएपछि उनले बारीमै आएर नि:शुल्क रुपमा तरकारी लैजान सर्वसाधरणहरुलाई आग्रह गरेका हुन्।

दैलेख -सुर्खेत सडकखण्डको छेउमै रहेको उन्नती एग्रो फर्मले नि:शुल्क तरकारी बाँडेको हो। डुङ्गेश्वर गाउँपालिका–६ माथिल्लो डुङ्गेश्वर बजार नजिकै रहेको उक्त फर्मले झण्डै ८ क्वीन्टल तरकारी नि:शुल्क बाँडेको बताएको छ। फर्मका सञ्चालक देवेन्द्र गोदारले लकडाउनको समयमा उत्पादित तरकारी बजारसम्म लैजान समस्या भएको सुनाए। 

‘कर्णाली प्रदेश सरकार र दैलेखका सबै स्थानीय तहलाई फर्ममा उत्पादित तरकारी लिएर तरकारी अभाव भएको स्थानका सर्वसाधरणहरुलाई बाँड्न पटक–पटक आग्रह गरे, तर कहिँ कतैबाट सुनुवाई भएन्,’ गोदारले भने ‘ठुलो मात्रामा फलेको तरकारी कुहिएर फाल्नुभन्दा नि:शुल्क बाड्नु नै बेस।’

मेहनत गरेर फलाएको तरकारी कुहिएर खाल्डोमा गाड्नु भन्दा नि:शुल्क वितरण गरे विपद्को समयमा नागरिकलाई राहत हुने उनको भनाई छ। उनले चार वर्ष देखि व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन्। २५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेको गोदारले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.