सेवाबाट पन्छिए नीजि अस्पताल

सेवाबाट पन्छिए नीजि अस्पताल

रुपन्देही : बुटवलको अस्पताल लाईनमा लहरै निजी अस्पताल र मेडिकल छन्। अन्य बेला बिरामी तान्न सडकमै बोर्ड तेर्साउने अस्पतालमा अहिले सुनसान छ। ओपीडी सेवा बन्द छ। एक साता अघिसम्म बिहान ६ बजेदेखि उपचार गर्ने अस्पतालले अहिले बिरामी हेर्दैनन्।

प्रायः भरिभराउ हुने मेडिकलका कोठा अहिले सुनसान छन्। डाक्टर देखिदैनन्, मेडिकलले सटरमा ताला लगाएका छन्। महामारीको समयमा अस्पताल सेवाबाट पन्छिएका छन्। पुष्पलाल पार्क सँगैको लुम्बिनी नर्सिङ होममा लकडाउन सुरु भएदेखि नै ओपीडी सेवा बन्द छ। ‘आकस्मिक सेवा मात्र खुल्ला छ। ओपीडी सेवा सबै बन्द छ’, अस्पतालमा फोन गर्दा यस्तो जवाफ आयो।

तिलोत्तमा अस्पतालमा सम्पर्क गर्दा पनि सेवा सुचारु नरहेको जवाफ आयो। ‘डाक्टरहरु हुनुहुन्न, ओपीडी हप्तादिन यता बन्द छ। औषधिको लागि फार्मेसी खुल्ला छ, त्यहाँका कर्मचारीले भने ‘पहिले भर्ना भएका बिरामी भने हुनुहुन्छ।’ यी मात्रै होइन, बुटवलमा दर्जन बढी निजी अस्पतालले अहिले सेवा दिन आनाकानी गरेका छन्।

अस्पताल सञ्चालक भने सेवा सुचारु रहेको दाबी गर्छन्। लुम्बिनी नर्सिङ होमका प्रबन्ध निर्देशक भीम तुलाचन ज्वरो आउने बिरामी नलिएपनि अरु सेवा चलेको बताउँछन्। ‘कोरोना लक्षण देखिएको तथा ज्वरो आएलाई आइसोलेसन तिरै पठाउने गरेका छौं, उनले भने, ‘अरु बिरामी त हेरिराखेकै छौं, खासै बिरामी नै आएका छैनन् अहिले।’ तिलोत्तमा अस्पताल बुटवलका अध्यक्ष रामप्रसाद खरेलले पनि सेवा दिइरहेको दाबी गरे। निजी अस्पतालहरुको संस्था अपिन लुम्बिनीका अध्यक्षसमेत रहेका उनले भने ‘बिरामी नै आएका छैनन्, बेकारको हल्ला चलाइएको छ। जोखिम मोलेर सेवा दिनु परेको छ।’

बुटवल हस्पिटल, मेडिटेक अस्पताल लगायतको सेवा प्रवाह पनि अहिले ठप्प छ। प्रदेश ५को सामाजिक विकास मन्त्रालयले बिरामी भर्ना नपाएकोबारे जानकारी नआएको बतायो। अस्पताल विकास तथा चिकित्सक महाशाखा प्रमुख उमाशंकर चौधरीले भने, ‘हामीसँगको रिर्पोटिङमा त्यस्तो खबर छैन, त्यस्तो रहेछ भने बुझ्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.