उच्च ज्वरो देखिएपछि अस्पतालले प्रवेश दिएन, रातभर चिसोमा

उच्च ज्वरो देखिएपछि अस्पतालले प्रवेश दिएन, रातभर चिसोमा

दमौली : रातको १२ बजे रेडक्रसको एउटा एम्बुलेन्स पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा प्रवेश गर्छ । अनि त्यहाँबाट झर्छन्, रामबहादुर (नाम परिवर्तन) । ज्वरोका बिरामी उनी जाँचका लागि परिवारसहित आएका हुन्छन् । विद्युतीय उपकरणबाट ज्वरो नाप्नासाथ उनलाई अस्पताल प्रवेश दिइन्न । चिकित्सक उनलाई परै बस्न भन्छन् । ’जताबाट आएको उतै जानुस्, अहिले यहाँ केही हुन्न,’ रुखो जवाफ आउँछ । मध्यरातमा बिरामी परेर उपचारका लागि आएका उनीसँग कतै जाने विकल्प थिएन । बिरामी पर्दा जाने ठाउँमै प्रवेश नपाए पछि के गरुन्, उनी त्यहीं झिनो आशाका साथ बस्छन् । केही सीप नलागेपछि उनले त्रास र अप्ठेरोमा चिसो छिंडीमा रात बिताए, कोरोनाको त्रासको समयमा चिकित्सा क्षेत्रको मानवता धर्मराउँदै गएको एउटा प्रतिनिधि उदाहरण हो, यो ।

ऋषिङ ६ का रामबहादुर भारमा मजदुरी गर्थे । दैनिक मजदुरी गर्ने उनी कोरोनाको त्रास फैलिएपछि घर फर्किए । देश लकडाउन भएकै बेला उनी भारतबाट फर्किएकाले केही दिन सतर्कता अपनाउनुपर्ने गाउँले र स्वास्थ्यकर्मीको सुझावपछि उनी घरमै बसिरहेका थिए । तर अचानक वरो आउन थाल्यो, ज्वरो घरी आउने र घरि छाड्ने भएपछि  चेकजाँच गराउनु पर्ने भयो ।  गाउँमा आधारभूत सुविधा मात्र भएकाले आइतबार राति करिब १० बजे पोखरा पठाइयो । 

नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सबाट पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्दा रातको  करिब १२ बजिसकेको थियो । अस्पताल भर्ना हुनुपर्ने आशंकापछि पत्नी र छोराछोरी पनि लिएर गएका उनीउनलाई स्वास्थ्यकर्मीले ज्वरो नापेपछि अस्पताल प्रवेश गर्न दिएनन् । ‘तपाइंको कोरोनाको जाँच गर्नुपर्छ भोली बिहान आउनुस्,’ चिकित्सकलाई उद्धृत गर्दै एम्बुलेन्सका चालक तुलाराम थापाले भने,‘आज जहाँबाट आएको हो त्यतै जानुस् ।’ 

दुई घण्टा लगाएर अस्पताल ल्याएका बिरामी लैजाउ भनेपछि उनी अक्क न बक्क परे । ‘कोरोनाको आशंकामा गाउँबाटै मास्क,एप्रोन र अरु सुरक्षाका उपाय गरेर पठाइएका बिरामीलाई गाउँ लगेर के गर्नु ?’ उनले त्यहीं बस्न र सकेसम्म डाक्टरलाई भन्नका लागि आग्रह गरेर  बिरामीलाई त्यहीं छाडेर आएको बताए । 

रामबहादुरलाई भर्ना नलिएपछि यस्तो हालतमा कता जाउँ भयो । होटल सबै बन्द छ । उसमाथि ज्वरोको समस्या । अनि जे त होला अस्पताल बाहिरै बस्ने अठोट गरे । ‘अन्त जाने ठाउँ र उपाय थिएन,’ उनले टेलिफोनमा भने,‘रातभर छिँडीमा नै बसें ।’ अस्पतालले भर्ना नलिएको मात्रै नभई त्यहाँका सुरक्षाकर्मीले शौचालय प्रयोगमा पनि रोक लगाए । 

बिरामी रातभर बाहिर राख्नुपर्दा , चिन्ता परिवारका सदस्यलाई झन चिन्ता भयो । कोरोनाको त्रासका कारण परीक्षण गर्ने र ज्वरोको उपचार पनि हुने आशमा अस्पताल पुगेका थिए ।  ‘
 चिकित्सकले नमूना लिनाका बिहान साढे १० को समय दिएको थियो । केहीबेरमा चिकित्सकले उनको नमूना त संकलन गरे । तर उनीमाथिको तिरस्कार र बेवास्ता उस्तै रह्यो । 
यो साविक पश्चिमाञ्चल र हाल गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल हो ।  अस्पतालका निर्देशक अर्जुन आचार्यले भने रातको समयमा नमूना नलिइने र घरमै बस्नुपर्ने बिरामी कुबेलामा आएको  बताए।

। ‘नमूना जिल्लामै पनि दिन सकिन्थ्यो,’ उनले भने,‘जहाँको बिरामी उहीं नमूना लिनुपर्ने । दमौलीमा पनि नमूना लिने तालिमप्राप्त चिकित्सक छन् । उनले रातको समयमा बिरामी नलिएर गरिएको बेवास्ताप्रति कुनै ग्लानी भने महसुस् गरेनन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.