कोरोना संक्रमित युवासँगै यात्रा गरेकी महिलाको रिपोर्ट नेगेटिभ
कालिकोट : नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ । यही चैत ६ गते दुबईबाट आएका धनगढीका युवामा कोरोना संक्रमण देखिएको थियो। ती महिला संक्रमण पुष्टि भएको युवा सँगै काठमाडौंँबाट नेपालगञ्जसम्म आएकी थिइन् । उनमा पनि संक्रमणको आशंका गरीस्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो।
उनीसँग आएकामा कोरोना संक्रमण देखिएपछि उनी होम क्वारेन्टाइनमा थिइन्।
सोमबार जिल्ला अस्पतालको टोली महिलाको घरमै पुगेर उनीहरुको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो । बुधबार आएको रिपोर्टमा कोभिड–१९ भाइरस संक्रमण नभएको पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए ।
उनी कालिकोट आएको १२ दिन भइसकेको छ। कार्यालयका अनुसार हालम्म जिल्लाका कुनै पनि गाँउमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को शंका गरिएका बिरामी छैनन् ।