प्रदेश १ मा ४५ कैदी र २० बालबालिका मुक्त
विराटनगर : कोरोना सङ्क्रमणले महामारीको रुप लिएपछि यसको रोकथाम र नियन्त्रणका लागि सर्वोच्च अदालतले गरेको निर्देशन अनुसार प्रदेश १ का विभिन्न जिल्लाबाट ४५ जना कैदी र २० जना बालबालिका छुटेका छन् । अरु कैदी नियमित रुपमा कैद भुक्तानीपछि छुट्ने भएपनि अहिले उनीहरु अदालतको विषेश आदेश अनुसार छुटेको उच्च अदालत विराटनगरले जनाएको छ ।
फौजदारी कार्यविधि संहिताको २०७४ दफा १५५ को कार्यविधि पुर्याएर एक वर्षभन्दा कम कैद तोकिएका व्यक्तिहरुले छुटी पाऊँ भनी कारागार प्रशासनमार्फत निवेदन दिएपछि बाँकी कैद समयको दैनिक ३ सय रुपैयाँ तिरेर उनीहरु छुटेका हुन् ।
कार्यविधि बमोजिम बल विज्याई गरेका २९ जना बालबालिकाका अभिभावकले निबेदन दिएका थिए । त्यसमध्ये ९ जनाको गम्भीर प्रकृतिको मुद्दा भएकाले छुटेनन् । छुट्ने बालबालिकामा उच्च अदालत विराटनगरबाट ३, जिल्ला अदालत मोरङबाट ९, सुनसरीबाट ३, इलामबाट १, भेजपुरबाट १, खोटाङबाट १ र ओखलढुङ्गाबाट २ जना छन् ।
यस्तै कैदीमा उच्च अदालत विराटनगरबाट १, मोरङ जिल्ला अदालतबाट २३, सुनसरीबाट १०, झापाबाट १, पाँचथरबाट २, ताप्लेजुङबाट १, धनकुटाबाट १, तेह्रथुम १, सोलुखुम्बु १ र उदयपुरबाट ४ जना छुटेका छुटेका छन् । अहिलेपनि बिभिन्न जिल्लामा छुट्ने प्रकृयामा अन्य कैदीबन्दी समेत रहेकाले यो संख्या बढ्ने उच्च अदालत विराटनगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !