प्रदेश १ : कोरोना जनसुरक्षा कोषमा ११ करोड
विराटनगर : प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्म ११ करोड रुपैयाँ जम्मा भएको छ। १० करोड रुपैयाँ जम्मा गरेर प्रदेश सरकारले स्थापना गरेको उक्त कोषमा सामाजिक संघ संस्था, बैंक, वित्तीय संस्था र व्यक्तिले एक करोड ९४ हजार रुपैयाँ जम्मा गरेका छन्।
कोषमा मन्त्रिपरिषद्का सदस्य र राज्यमन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् भने प्रदेश संसदले १५ दिनको पारिश्रमिक जम्मा गरेका थिए। उनीहरुको एकमुष्ट रकम २२ लाख ३० हजार हुन्छ। यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक स्वरुप एक लाख २१ हजार कोषमा जम्मा गरेका छन्।
कोषमा राउत कन्ट्रक्सन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैयाँ जम्मा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ।
बैंकमा सिद्धार्थले १० लाख, सिटिजन्स इन्टरनेशनलले ७ लाख, कृषि विकास बैंक लिमिटेडले ५ लाख, नेपाल बैंक लिमिटेडले ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैयाँ जम्मा गरेका छन्।
यस्तै एस आई डी बी एलबाट दुई लाख दुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रुपैयाँ कोषमा जम्मा भएको छ। कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो।
कोष राष्ट्रिय वाणिज्य बैंक विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !