लकडाउनमा अनलाइनबाट पढाइ

लकडाउनमा अनलाइनबाट पढाइ

काठमाडौं : कोरोना फैलिन नदिन सरकारले लकडाउन गरेपछि कलेजहरूले अनलाइनबाटै विद्यार्थीलाई पढाउन थालेका छन्। लकडाउनका कारण समयमा कोर्स सक्न कठिन हुने भएपछि कलेजहरूले अनलाइन माध्यम रोजेका हुन्।

कतिपय कलेजले भने फुर्सदका कारण विद्यार्थीमा पढ्ने बानी हराउन सक्ने भएका कारण उनीहरूलाई व्यस्त राख्न अनलाइनबाट पढाइ सुरु गरिएको बताएका छन्। इस्लिङटन कलेजले अनलाइनबाटै विद्यार्थीलाई पढाइरहेको छ। कलेजका अनुसार लकडाउनले शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष भेट नभए पनि पढाइमा भने कुनै समस्या छैन।

‘शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष भेट गरेर पढाउन पाएको भए अझै प्रभावकारी हुन्थ्यो। तर, लकडाउन भयो, पढाउन पाइएन भनेर तनाव लिनुपर्ने अवस्था आएको छैन’, कलेजका प्रमुख कार्यकारी अधिकृत सुलभ बुढाथोकीले भने, ‘पहिलो कुरा त यो प्रविधिले हामीलाई समयमै पढाइ सकिँदैन कि भन्ने चिन्ताबाट मुक्त राख्न मद्दत गरेको छ। सँगसँगै विद्यार्थी र शिक्षकलाई व्यस्त राख्न मद्दत गरेको छ।’

यो कलेजलाई सम्बन्धन दिने लन्डन मेट्रोपोलिटन विश्वविद्यालय रहेको बेलायतमा पनि कोरोनाका कारण लकडाउन छ। यसले गर्दा त्यहाँ पनि पढाइ प्रभावित भएको छ। अनलाइनबाट भए पनि पढाउन सकिने विश्वविद्यालयको सुझावका आधारमा पढाइ सञ्चालन गरिएको बुढाथोकीको भनाइ छ। भूकम्पका बेला पनि यो कलेजले नेपाली विद्यार्थीलाई लक्ष्य गरी छुट्टै पढाइ तथा परीक्षाको व्यवस्था गरेको थियो।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक पंकज जलानले पनि लकडाउनका कारण नियमित पढाइ चलाउन नसकेपछि विद्यार्थीलाई अनलाइनबाट निःशुल्क पढाइरहेको बताए। उनका अनुसार अमेरिकाको एक संस्थाले तयार गरेको ३० हजार कोर्स आफ्ना विद्यार्थीले पढ्न पाउने गरी लर्डबुद्ध कलेजले सदस्यता लिएको छ। ‘ती सबै कोर्स हाम्रा विद्यार्थीले पढ्न पाउँछन्। लकडाउनमा के गरौं भनेर चिन्तामा रहेका विद्यार्थीको समय सदुपयोग गर्न यो कोर्सले सहयोग गर्छ’, जलानले भने।

मलेसियाको एक विश्वविद्यालयको सम्बन्धनमा सूचना–प्रविधिसम्बन्धी पढाइ सञ्चालन गरिरहेको यो कलेजले थप एघारवटा कोर्स आफंै तयार गरेको छ। जुन कोर्स विद्यार्थीले निःशुल्क पढ्न पाउने व्यवस्था छ। अन्य कलेजले पनि विद्यार्थीलाई फुर्सदको सदुपयोग गर्न विभिन्न प्रकारका अनलाइन कोर्स तथा तालिम सञ्चालन गरिरहेका छन्।           

कोरोना भाइरस फैलिन नदिन सरकारले चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ। संक्रमण त्रासकै कारण सरकारले एसईई स्थगन गरेको थियो। विश्वविद्यालय तहका पनि थुपै्र परीक्षा स्थगन गरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.