गोरखामा २५० जना क्‍वारेन्टाइनमा

गोरखामा २५० जना क्‍वारेन्टाइनमा

गोरखा : गोरखामा अहिलेसम्म ६ जना सामुहिक क्‍वारेन्टाइनमा र २४४ जना होम क्‍वारेन्टाइनमा रहेका छन्। भारतबाट आएका चार र नेपालकै गुल्मी जिल्लाबाट आएका दुई जनालाई सामुहिक क्‍वारेन्टाइनमा राखिएको अरु सबैलाई होमक्‍वारेन्टाइनमा राखिएको छ।

भारतबाट उद्धार गरी ल्याइएका तीनजनालाई शहीद लखन गाउँपालिका -२ आरुबोटस्थित बालज्योति आधारभूत विद्यालयमा राखिएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए। उनीहरुलाई घरमै खाना बनाई ल्याएर खुवाउने गरिएको उनले बताए। 

त्यस्तै बारपाक सुलीकोट २ बारपाक गाउँमा भारतबाट आएका एक जनालाई स्थानीय स्वाथ्यचौकीमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको वडाअध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए। उनलाई खाने र सुत्ने प्रबन्ध सोही स्वास्थ्यचौकीमा गरिएको छ।

गुल्मीबाट फर्केका दुई जनालाई धार्चे ३ उहियाँमा रहेको पार्वती आधारभूत विद्यालयमा क्‍वारेन्टाइनमा राखिएको वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए।
उहियाँको चारै दिशामा युवाहरु ड्युटी बसी प्रवेश निषेध गरिएको छ। तर गाउँकै चेलीहरु आएपछि उनीहरुलाई सामुहिक क्‍वारेन्टाइनमा राख्ने गरी प्रवेश गराइएको गुरुङले बताए।

गोरखामा विदेशबाट आउनेको संख्या २४६ पुगेको छ। चार जनाबाहेक उनीहरु सबै सेल्फक्‍वारेन्टाइनमा नै छन्। 
सामुहिक क्‍वारेन्टाइनमा रहनु गोरखाका लागि सुखद पक्ष रहेको क्‍वारेन्टाइन निर्माण गरेको रणसिँह दल गणका गणपति उज्वल केशी बताउँछन्। ‘क्‍वारेन्टाइनमा राख्नुपर्ने शंकास्पद बिरामी नहुनु भनेको सुखद पक्ष हो’, उनले भने।
नेपाली सेनाले गोरखा नगरपालिकामा ५० बेडको र पालुङटार नगरपालिकामा १९ बेडको क्‍वारेन्टाइन निर्माण गरेको छ। अन्य गाउँपालिकाहरुले पनि विद्यालय तथा अन्य सामुहिक भवनहरुमा सामुहिक क्‍वारेन्टाइन बनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.