लकडाउनमा एक फन्को  (फोटो फिचर)

लकडाउनमा एक फन्को  (फोटो फिचर)

काठमाडौं : आज बिहीबार लकडाउनको ११ औं दिन। कति गुम्सिने घरमै भनेर स्कुटर लिएर सडकमा निस्किएँ। लुभुबाट इमाडोल आउँदा सम्म कस्तो कस्तो लागेको थियो। त्यसपछि त आनन्द आयो। चिल्ला र खुला सडकमा मजाले स्कुटर कुदाउन पाइने। 

स्कुटरमै रिङरोडको एक फन्को लगाए। बीचबीचमा रोकिँदै सडकका दृश्यहरु पनि कैद गरे। काठमाडौंको दृश्य र दैनिकी कति फेरिएछ। सुनसान वातावरण अनि रित्ता सडक। मान्छेहरु घरघरमा कैद भएका छन् । धुँवाधुलो कतै छैन। लाग्यो, लकडाउनले सुनसान मात्रै बनाएको हैन राजधानीलाई, सुन्दर पनि बनाएको छ। 

सडक छेउको हरियालीले सहरको मुहार नै फेरिएको जस्तो देखिन्थ्यो। मुस्कुराएको हिमालका दृश्य र शीतल हावासँगै काठमाडौँको मौसम साँच्चिकै रोमाञ्चक लाग्थ्यो। 

निकै चहलपहल र जामले घन्टौँसम्म अड्काउने सिंहदरबार समेत शान्त देखियो। सडकको जाम समाल्दा समाल्दा निकै हैरान भएका ट्राफिक प्रहरी भने अहिले फुर्सदमा छन्। सुरक्षाकर्मीलाई छल्दै कोही पैदल, कोही साधन लिएर सडकमा फाट्टफुट्ट निस्केका छन्। सवारी र मान्छे नभए पनि खुला सडकमा सुरक्षाकर्मीहरु भने चोकचोकमा बसेर आफ्नो ड्युटी निर्वाह गरिरहेका छन्। 

लकडाउनले मानिसको बाहिरी दैनिकी अस्तव्यस्त बनाए पनि सहर भने  स्वच्छ र मनोरम बनेको छ । 

चिल्ला सडकमा कैद गरिएका केही दृश्यहरू यहाँ प्रस्तुत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.