कोरोना भाइरसको प्रभाव : दैनिक १७.५ प्रतिशत दूध कम खपत

कोरोना भाइरसको प्रभाव : दैनिक १७.५ प्रतिशत दूध कम खपत

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ। कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं रेष्टुरेन्ट पूर्ण रुपमा बन्द भएपछि काठमाडौं उपत्यकासहित देशैभरि दूध खपत घटेको हो।

दूधको माग घटेपछि सबैभन्दा बढी मर्कामा किसान परेका छन्। निजी क्षेत्रअन्तर्गत सञ्चालित नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार काठमाडौँ उपत्यकामा साबिकको तुलनामा अहिले दूध तथा दुग्धजन्य पदार्थको खपत २० प्रतिशतभन्दा कम भएको छ। उनका अनुसार कोरोनाको प्रभावभन्दा अघि देशभर दैनिक ६२ लाख ५० हजार लिटर दूध किसानले उत्पादन गर्दै आएका थिए।

किसानले उत्पादन गरेको दूधमध्येमा आधा आफैँले प्रयोग गरेर ३१ लाख ५० हजार लिटर बिक्री हुँदै आएको थियो। 'बिक्री भएको दूधमध्ये काठमाडौँमा दैनिक रुपमा करिब चार लाख लिटर दूध खपत हुँदै आएको थियो तर कोरोना भाइरसको प्रभावपछि एक लाख ५० हजार लिटर मात्र खपत भएको छ', उनले भने, 'सरकारले अति आवश्यक वस्तुमा छुट दिने घोषणा गरे पनि हामीलाई प्रशासनले बेवास्ता गर्‍यो।' संस्थाले संकलन गरेका दूध बजारमा पुर्‍याउन सहज वातावरण नभएको र खोलिएका पसल सबै बन्द भएपछि  कसरी दूध पुर्‍याउने भनी उनले दुखेसो गरे।

काठमाडौं उपत्यकामा खपत हुने दूधमध्ये निजी क्षेत्रको ६० र सरकारी स्वामित्वमा रहेको नेपाल दुग्ध संस्थान (डिडिसी) को ४० प्रतिशत दूध उपत्यकामा मात्रै खपत हुने गरेको थियो। डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेल किसान संघसंस्थाबाट नियमित रुपमा दूध संकलन भइरहेको बताए। उनका अनुसार लकडाउनअघि काठमाडौँ उपत्यकामा दैनिक ८८ हजार लिटर दूध खपत हुँदै आएको थियो, लकडाउनको अवधिमा ७२ हजार लिटर दूध खपत भएको छ। काठमाडौं बाहिर भने करिब १५ प्रतिशत खपत घटेको बताइएको छ। 

'दैनिक १० देखि १२ हजार लिटर दूध कम खपत भएको हो, खपत नभएका दूधलाई हामीले पाउडर बनाएका छौँ', उनले भने, 'हामीले उत्पादन गरेका दूध नियमित रुपमा घरमा प्रयोग गर्ने ग्राहकहरुले लिइरहनुभएको छ, लकडाउन भए पनि खासै प्रभव परेको छैन।' उनका अनुसार बिक्री नभएको दूध प्रयोग गरी संस्थानले विराटनगर र पोखराबाट दैनिक पाउडर दूध बनाइरहेको छ।

कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा दर्ता भएर सञ्चालनमा आएका दुग्ध उद्योग करिब ८० छन्। दर्ता भएका दुग्ध उद्योगमध्ये प्रशोधनसहित सुविधा भएको दश लाख लिटर क्षमताका चालीस, १० हजारदेखि ५० हजार लिटर क्षमताका ३५/४०  र १० हजार लिटरसम्म क्षमता भएका ४० जति रहेको उल्लेख छ। त्यस्तै डिडिसीका ८/१० डेरी सञ्चालनमा  छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.