प्रहरी र शिकारीबीच गोली हानाहान

प्रहरी र शिकारीबीच गोली हानाहान

विराटनगर : मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच शुक्रबार दोहोरो गोली हानहान भएको छ। मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूहसँग वनका कर्मचारीबीच आज अपराह्न  ३:३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख  विशाल घिमिरेले बताए।

जङ्गलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र  सशस्त्र प्रहरी बलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ नौ राउण्ड गोली चलाएका थिए भने जवाफमा वन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाइएको हो। घटनामा कोही घाइते नभए पनि दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छर्रा घटनास्थलबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका-८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल छन्। शिकारी २५ जनाको समूहमा रहेको र फरारको खोजी भइरहेको प्रमुख घिमिरेले जानकारी दिनुभयो।    पक्राउ परेका शिकारीलाई वन कार्यालय मोरङको सलकपुरमा हिरासतमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.