छत्रदेवका सबै क्वारेन्टाइनमा डाक्टर र वाईफाई

छत्रदेवका सबै क्वारेन्टाइनमा डाक्टर र वाईफाई

सन्धिखर्क : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले सबै क्वारेन्टाइन र आइसोलेसन स्थलहरूमा एमबीबीएस डाक्टर राखेको छ । स्थानीयतहले मापदण्डबिना नै क्वारेन्टाइन निर्माण गरेको आरोप लागेपछि छत्रदेवले डाक्टर सहितको क्वारेन्टाइन निर्माण गरेको हो । 

पाँच ओटा क्वारेन्टाइन स्थलमा ३८ बेड र एक आइसोलेसन स्थलमा ४ बेड पालिकाले निर्माण गरेको छ । ७ जना एमबीबीएस डाक्टरले ती स्थलमा सेवा दिइरहेका छन् । 

शारजहाँ विमानस्थल हँदै धनगढीका एकजना कोनोना संक्रमितसँग युएईबाट एउटै फ्लाईटमा आएका छत्रदेव गाउँपालिकाका दुई जनासहित भारत तथा तेस्रो मुलुकबाट आएका २४ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए । ‘हाम्रो पालिकामा ७ जना एमबीबीएस डाक्टर उपलब्ध छन् । सबै क्वारेन्टाइनमा ती डाक्टरले सेवा दिइरहेका छन्', उनले भने, ‘आवश्यकताका आधारमा अन्य पालिकामा पनि डाक्टर र प्राविधिक टोली पठाउन सक्छौं ।’ कुनै स्थानीयतहभन्दा सेवामा कम नरहेको उनले बताए ।

पालिकाले क्वारेन्टाइनमा बसेकालाई चिसोतातो पानी, वाईफाई, टेलिभिजन लगायतको सुविधा दिएको छ । मास्क, स्यानिटाईजर र ग्लब्स पनी पर्याप्त मात्रामा छन् । तीनओटा क्वारेन्टाईन स्थलमा हेलिप्याडकोसमेत सुविधा रहेको र तीनओटा एम्बुलेन्स ल्याउने तयारी गरिएको उनले बताए । 

सचेतनाका लागि पनी विभिन्न प्रयास भइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए । ‘कोरोना संक्रमणबाट बच्ने उपाय सहितका संदेशमूलक सूचना टोलटोलमा माइकिङ्ग गरिरहेका छौं', उनले भने, ‘छ पेजको संदेशमूलक ब्रुसर र अनुरोधपत्र समेत घरघरमा पुर्‍याएका छौं ।’ सचेतना फैलाउन कुनै कसर बाँकी नराखेको उनको भनाइ छ ।

आकस्मिक सेवाका लागि पालिका अध्यक्षको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत, राजनैतिक क्षेत्रका प्रतिनिधि, मेडिकल टोली सहभागी रहेको मोबाइल टोली बनाएर सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । तीन एम्बुलेन्सका अलावा सेवाका लागि दुई पालिकाका गाडी तयारी अवस्थामा राखिएको उनले बताए ।  

अहिले जिल्लाका स्थानीय तह क्वारेन्टाइन निर्माणमा जुटेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सबै स्थानीय तहमा क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय भएपछि स्थानीय सरकार पनि क्वारेन्टाइन कक्ष निर्माणमा जुटेका हुन् । 

अहिलेसम्म जिल्लाका ६ स्थानीय सरकारको पहलमा ४ सय ५७ क्वारेन्टाइन कक्ष निर्माण भइसकेका छन् । अरु पनि थप गरिँदै छ । प्रत्येक वडामा पर्ने गरी क्वारेन्टाइन कक्ष निर्माणमा उनीहरू जुटेका हुन् । 

सरकारले लकडाउन गर्नुअघि जिल्लामा  भारत तथा अन्य देशबाट १९ सय १९ जना  भित्रिए । स्थानीय सरकार र सुरक्षा निकायले सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरे पनि  जिल्लाभर  ३५ जना क्वारेन्टाइनमा र १३ जना होम क्वारेन्टाइनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.