लकडाउनमै रिर्जब गाडी र एम्बुलेन्समा गाउँ पुग्छन् सहरबासी

लकडाउनमै रिर्जब गाडी र एम्बुलेन्समा गाउँ पुग्छन् सहरबासी

गोरखा : सदूरपश्चिममा स्थानीयबाट स्थानीयमा सरेर कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ। विद्यमान परिवेशलाई मध्यनजर गरी सरकारले लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको छ। एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीयतहबाट अर्को स्थानीय तहमा प्रवेश गर्न नदिने निर्णय गरेको छ।

गोरखाका गाउँहरुमा भने रातिराति काठमाडौँलगायतका सहरबाट धेरै आउने क्रम जारी रहेको स्थानीय तहले बताएका छन्। ‘हिजोराति पनि एउटा स्कोरपियोभरि यात्रु काठमाडौंबाट सौरपानी भन्ने गाउँमा आए’, बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्ट भन्छन्, ‘हामीले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गराएका थियौं, तर बाहिरबाट आउनेलाई रोक्न सकेनौं।’ लकडाउनको बीचबीचमा आउनेहरुबाट गाउँ असुरक्षित रहेको उनले गुनासो गरे।

आरुघाटमा पनि धादिङतिरबाट मान्छे आउने क्रम नरोकिएको गाउँपालिका प्रमुख पूर्ण दाहाल बताउँछन्। काठमाडौं, भरतपुरका एम्बुलेन्स बिरामीलाई घर पु¥याउन भन्दै धमाधम यात्रु बोक्दै गाउँमा आउने क्रम नरोकिएको सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङ बताउँछन्।

‘हाम्रो गाउँको एम्बुलेन्स त वास्तविक बिरामी बोकेर मात्र आउने जाने गरेका छन् तर काठमाडौं, भरतपुरतिरबाट बिरामी ल्याएको भन्दै एम्बुलेन्सले यात्रु भरेर आउने गरेका छन्।’ त्यस्तालाई रोक्न नसकिएको उनको गुनासो छ।

लकडाउनका बेला एम्बुलेन्सले यात्रु ओसार्ने गरेको पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा बताउँछन्। ‘एम्बुलेन्सले धमाधम यात्रु ओसारिरहेका छन्’, थापाले भने, ‘यसअघि पनि एम्बुलेन्सले यात्रु ओसार्ने गरेको भनेर हामीले गुनासो गरेका थियौं। तर अहिलेसम्म पनि यो क्रम रोकिएको छैन।’

हालसम्म गोरखामा विभिन्न देशबाट आउनेको संख्या तीनसय ९५ जना रहेको स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कमा उल्लेख छ। उनीहरु सबै दुईसातादेखि होम क्वारेण्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताउँछन्।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.