कोरोना कोषमा एक अर्ब ३२ करोड रुपैयाँ जम्मा

कोरोना कोषमा एक अर्ब ३२ करोड रुपैयाँ जम्मा

काठमाडौं : सरकारले स्थापना गरिएको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ रुपैयाँ संकलन भएको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त कोषमा आइतबार मात्र १३ करोड १७ लाख ११ हजार ७५० रुपैयाँ  जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले ५० लाख, सिभिल बैंक लिमिटेडले ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले आठ लाख दुई हजार ९४८ र दुर्गाबहादुर क्षेत्रीले तीन लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्।

त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट कूल १२ लाख ५८ हजार ८०२ रुपैयाँ जम्मा भएको छ।कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुनेक्रम बढेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.