हुम्लाका स्थानीय तहमा अझै पुगेन औषधि

हुम्लाका स्थानीय तहमा अझै पुगेन औषधि

सुर्खेत : कर्णाली प्रदेश सरकारले गतसाता हेलिकप्टरमार्फत हुम्लामा औषधि ढुवानी गर्‍र्यो । कोरोना भाइरस संक्रमण रोकथामका लागि अत्यावश्यक औषधि नेपाली सेनाको हेलिकप्टरबाट हुम्ला सदरमुकाम सिमिकोट पुर्‍याइयो । तर एक साता बितिसक्दासमेत उक्त औषधि, उपकरण हुम्लाका स्थानीय तहमा पुगेको छैन ।

‘प्रदेश सरकारले औषधि पठायो भन्ने सुनेका छौं तर अहिलेसम्म गाउँमा आइपुगेको छैन’, चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले भने, ‘हामीले आफ्नो तवरबाट पूर्वतयारीका लागि क्वारेन्टाइन मात्रै बनाएका छौं । तर औषधि, उपकरण नहुँुदा स्थानीय क्वारेन्टाइनमा बस्न मान्दैनन् ।’ प्रदेश सरकारले हुम्लाका सबै स्थानीय तहका लागि पठाएको सर्जिकल मास्क, पीपीई, लुज ग्लोब्स, एननाइन्टी, पारा सिटामोल, साधारण मास्क, गाउन, ब्रोसर, सेनिटाइजर, क्यानुला, क्लोरोक्वीनजस्ता औषधि र उपकरण स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

‘प्रदेश सरकारले पठाएको औषधि अपुग छ । थप औषधि माग गरेका छौं । तर हालसम्म प्राप्त भएको छैन’, स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले भने, ‘यसअघि प्राप्त भएको औषधि स्थानीय तहमा पठाउने तयारीमा छौं । हामीले प्रतिनिधि बोलाएका छौं तर आएका छैनन् ।’ उनका अनुसार दुई÷दुईवटा पीपीई सेट नाम्खा, सिमिकोट र खार्पुनाथ गाउँपालिकामा पठाइएको छ । तर खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर जिल्लाबाट औषधि मगाए पनि गाउँपालिकामा हालसम्म नपुगेको बताए ।

‘प्रदेश सरकारले ठूला उपकरणसहित दक्ष जनशक्ति पढाउने कल्पना नगरौं । तर, अहिलेसम्म पीपीई र ज्वरो नाप्ने थर्मोमिटर प्राप्त भएको छैन’, उनले भने, ‘अब कसरी बिरामीको उपचार गर्ने ? हामीलाई पैसा चाहिँदैन । प्रदेश सरकारले दक्ष जनशक्ति र उपकरण समयमै पठाए पुग्छ ।’ उनका अनुसार तीनजना स्वास्थ्यकर्मी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन् । तर स्थानीयवासीलाई क्वारेन्टाइनमा राख्न सकिएको छैन । यता सिमिकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले क्वारेन्टाइनमा औषधि, उपकरणको व्यवस्था गर्दै स्थानीयलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको बताए ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भटराईले जिल्लामा स्थापना भएका सबै क्वारेन्टाइन, आइसोलेसन र हेल्थडेस्कमा आवश्यक औषधि, उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएको बताइन् । ‘सबै स्थानीय तहमा भनेको बेला फोन लाग्दैन । उनीहरु हिँडेर जिल्ला पुग्न दुई, तीन दिनसम्म लाग्छ’, उनले भनिन्, ‘कोरोना रोकथामको पूर्वतयारीमा स्थानीय तहसँग राम्रो समन्वय छैन । कहाँ के भइरहेको छ । समयमै सूचना नआउँदा समस्या छ ।’ उनकाअनुसार जिल्ला अस्पतालमै भेन्टिलेटर र एम्बुलेन्ससमेत छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.