गौरीफन्टाहुँदै प्यूठान आएका तीनजनाको कोरोना रिपोर्ट 'नेगेटिभ'
![गौरीफन्टाहुँदै प्यूठान आएका तीनजनाको कोरोना रिपोर्ट 'नेगेटिभ'](https://annapurnapost.prixacdn.net/media/albums/corona-test_20200331065452_gCMH14Ux03.jpg)
प्यूठान : भारतसँगका सबै नाका बन्द भएपछि चैत्र १० गते साँझ गौरीफन्टाहुँदै प्यूठान आएका तीनजना युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माण्डवी गाउँपालिका ४ उदपुरकोट, मल्लरानी गाउँपालिका १ चुँजा र ऐरावती गाउँपालिका गरी तीनजना युवाको स्वाब परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो ।
उनीसहित केही दिनअघि दुवईबाट आएका दुईजनासहित पाँचैजना युवाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । यसअघि पनि भारतबाटै आएका ऐरावतीका एकजना युवाको रिपोर्ट पनि नेगेटिभ आएको थियो । हालसम्म प्यूठानबाट ६ जनाको कोरोना परीक्षण गरिएको सुवेदीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)