दैलेखमा ५९ जनाको स्वाब संकलन, २५ रिर्पोट 'नेगेटिभ'

दैलेखमा ५९ जनाको स्वाब संकलन, २५ रिर्पोट 'नेगेटिभ'

दैलेख : दैलेखका हालसम्म विभिन्न स्थानीय तहमा गरी ५९ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमणको परीक्षण गर्न जिल्लामा अहिलेसम्मकै बढी नमूना स्वाब संकलन गरिएको हो । चामुण्डाविन्द्रासैनी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १७ जना, आठबीस नगरपालिकाबाट २६ जना,नौमूले गाउँपालिका बाट ९ जना, दुल्लु नगरपालिकाबाट ६ जना र नारायण नगरपालिकाका १ जनाको स्वाब संकलन गरीएको हो । भारतलगायत तेस्रो मुलुकबाट आएका तथा क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणको आशंकमा स्वाब परीक्षणका लागि पठाइएका ५९ मध्ये २५ जनाको रिर्पोट नेगेटिभ आएको डा. पन्तले जानकारी दिए । आठबीस नगरपालिकाबाट नमूना संकलन गरिएका २६ जनामध्ये दुईजनाको रिर्पोट नेगेटिभ आएको छ । केहि दिन पहिला ती दुई जनाको स्वाब परिक्षणका लागि काठमाडौं पठाइएको थियो । संक्रमणको आशंकामा ती दुई जनालाई राकमकर्णाली स्वास्थ्य चौकीमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

नमूना संकलन गरिएका अन्य २४ जनाको कोरोना परीक्षणका लागि सुर्खेतमा स्थापना भएको प्रयोगशालामा पठाइएको छ । उनिहरुको रिर्पोट आउन बाँकी रहेको डा. पन्तले जनाए । त्यसैगरी दुल्लु नगरपालिकाका ६ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकाका १७ जनाको रिर्पोट नेगेटिभ आएको निमित्त प्रमुख डा. पन्तले जनाए । नारायण नगरपालिकाका १ जना, नौमूले गाउँपालिकाका ९ जनाको नमूना संकलन गरी काठमाडौं पठाईएको उनले बताए । 

जिल्लाभर २ सय २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार सरकारले लकडाउन गर्नु अघि र पछि गरी दैलेखका ११ वटै स्थानीय तहमा गरी १४ सय ६६ जना भारत लगाएत अन्य अन्य देशबाट दैलेख आएका छन् । कोरोनाको महामारी रोकथामका लागि आवश्यक सम्पूर्ण पूर्व तयारीहरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । हालसम्म जिल्लामा कुनै पनि व्यक्तिमा संक्रमण नदेखिएको उनले बताए । 
क्वारेन्टाइनमा बसेका घर फिर्ता
जिल्लाको दुल्लु नगरपालिका-२ नाउलेकटुवाल स्थित भानेश्वर मावीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेकालाई शुक्रबार घर पठाइएको छ । भारतबाट आएका २० जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

दुई हप्तासम्म क्वारेन्टाइनमा रहेकालाई कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाइएको हो । वडाध्यक्ष लक्षिराम थापा, स्वास्थ्य चौकी नाउलेकटुवालका प्रमुख नविन सुनार लगाएतले क्वारेन्टाइनमा बसेकाहरुलाई दोसल्ला ओडाएर घर पठाएको स्थानीय अगुवा जीतेन्द्र थापाले बताए । क्वारेन्टाइनबाट घर फर्किएकाले थप दुई हप्तासम्म होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्वता जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.