सञ्चयकोषद्धारा ब्याजमा छुट, बुझाउने अवधि पनि थपियो
काठमाडौं : कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ।
कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको शुक्रबार जानकारी दिएको छ। त्यस्तो सापटीको असार मसान्तसम्मको ब्याज बुझाउने अवधि साउन मसान्तसम्म कायम गरिएको कोषका सहप्रशासक राजेन्द्र काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोषले नियमित सञ्चयकोष कट्टा गरिरहेका सञ्चयकर्ताको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्तिबापत रु दुई लाख हकवालालाई प्रदान गर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस !