नेपाल र पाकिस्तानलाई जोडेर कोरोनाबारे अफवाह फैलाउँदै भारतीय मिडिया

नेपाल र पाकिस्तानलाई जोडेर कोरोनाबारे अफवाह फैलाउँदै भारतीय मिडिया

काठमाडौं : भारतका केही मिडियाले कोरोना भाइरसबारे गलत प्रचारवाजी गरिरहेका छन् ।

केही चर्चित मिडियाले समेत नेपाल र पाकिस्तानले कोरोना भाइरस भारतमा फैलाउन थालेको भन्दै गलत प्रचारवाजी गरिरहेका छन् । शुक्रबार मात्रै जी न्युजले पर्साका गाउँपालिका जनप्रतिनिधिलाई आरोप लगाउँदै ‘कोरोना बम’ भारतमा पठाएको आरोप लगाएको थियो । जी न्युज भने यसअघि पटक पटक महत्वपूर्ण र गम्भीर विषयमा पनि फेक न्युज प्रशारण गर्दै विवादमा तानिँदैआएको छ ।

शनिबार अन्य केही च्यानलले ‘पाकिस्तानले नेपालबाट सयौँ कोरोना संक्रमितलाई भारत पठाएको’ आरोप लगाएका छन् । मुस्लिम संक्रमितहरुलाई नियोजित रुपमा पाकिस्तानले भारत छिराउन खोजेको भन्दै ती मिडियाले अफवाह फैलाएका हुन् ।

‘ग्लोबल भिलेज स्पेस’ नामको अनलाइन पोर्टल, टाइम्स नाउ टिभी च्यानल लगायत केही मिडियाले यस्तो अफवाह फैलाएका हुन् । ग्लोबल भिलेज स्पेसले विना स्रोत पाकिस्तानी सेनाले महामारीको फाइदा उठाउँदै नेपाली संक्रमितलाई भारत छिराएर आक्रमण गर्ने योजना बनाएको उल्लेख गरेको छ ।

महामारीका बेला पाकिस्तानबाट यस्तो आक्रमण हुने भन्दै भारतीय पक्ष चिन्तित रहेको ती मिडियाको जिरह छ । तर भारतीय पक्षबाट केही विज्ञप्ति सार्वजनिक भएको छैन । ‘फेक न्युज’ प्रशारण गर्ने त्यस्ता मिडियाबारे भारत सरकारले भने कुनै चासो देखाएको छैन ।

यससँगै फेक न्युज फैलाउने भारतीय मिडियालाई लक्षित गर्दै ट्वीटर तथा फेसबुक लगायत सामाजिक सञ्जालमा ‘रीपइन्डियनमिडिया’ नामको ह्यासट्याग पनि सुरु भएको छ । गलत समाचार फैलाएको विरोध स्वरुप सामाजिक सञ्जालमा यस्तो अभियान चलाइएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.