‘बीसीजीले कोरोनाबाट बचाउने कुरो अफवाह मात्र हो’
डा. दीर्घसिंह बम, क्षयरोग विशेषज्ञ
अहिलेसम्म दक्षिण एसियालीदेशमा कोरोना भाइरसको संक्रमण युरोप–अमेरिकाको तुलनामा केही कम गतिमा फैलिरहेको देखिन्छ। यो हाम्रा लागि सुखद कुरा हो। ‘दक्षिण एसियामा फैलिने दर किन कम छ?’ भन्ने विषय अहिले अनुसन्धानमै छ। तर, देश–विदेशकाकतिपय सञ्चारमाध्यमले कम फैलिनुमा विभिन्न अड्कलबाजी गरिरहेका छन्।कोही–कोहीले बीसीजी खोपको प्रभावका कारण कम भएको भनिरहेका छन्। नेपाललगायत दक्षिण एसियाली देशमा बच्चा जन्मिएपछि बीसीजी खोप लगाइन्छ। त्यसैको प्रभावले‘दक्षिण एसियामा कम संक्रमण भएको’ र ‘युरोप–अमेरिकातिर सो खोप लगाइँदैन, त्यसैले त्यहाँ संक्रमण फैलिने दर उच्च छ’ भन्ने समाचार पनि बाहिरिएका छन्।
सर्वप्रथम बीसीजी खोप किन लगाइन्छ भन्ने बुझ्नुपर्छ। यो खोप क्षयरोगअर्थात् टीबीका लागि दिइन्छ। यसको अर्थ बीसीजी ब्याक्टेरियाविरुद्ध दिइने खोप हो। तर, कोरोना ब्याक्टेरिया नभई भाइरस हो। यी दुईबीच कुनै अन्तरसम्बन्ध देखिँदैन।
बीसीजी खोप पत्ता लागेपछि संसारभरिका देशले लगाए। बेलायत, अमेरिकालगायत देशले यो भ्याक्सिन कहिल्यै लगाएनन् भन्ने होइन। पहिले त्यहाँ पनि लगाइन्थ्यो। पछि उनीहरूको जीवनशैली परिवर्तन भयो। उनीहरू सरसफाइमा विशेष ध्यान दिन थाले। बिस्तारै ती देशमा टीबीको प्रकोप देखिन छाड्यो। त्यसको प्रभावकारिताबारे पछि केही अनुसन्धान पनि भएका थिए। बीसीजी प्रभावकारी नदेखिएपछि ती मुलुकले भ्याक्सिन लगाउन छाडेका हुन्।
नेपाल अविकसित देश हो। यहाँ सबै कुराको अभाव छ। यस्तो समयमा कोभिड–१९ बीसीजी खोपका कारण कोराना संक्रमण कम भएको भन्नु त्यति तर्कसंगत देखिँदैन। कुनै पनि वैज्ञानिक आधार नभएसम्म बीसीजीले गर्दा प्रतिरोधात्मक क्षमता बढी भएर कोरोना नफैलिएको हो भन्नु गलत हो।अहिलेसम्म कुनै पनि देशले बीसीजी र कोरोनाको अन्तरसम्बन्धको विषयमा अनुसन्धान गरेको छैन। ‘अविकसित राष्ट्रहरूमा त्यति छिटो फैलिएन, हामीले बीसीजी खोप लगाएका थियौँ। जसको कारणले नभएको होला’ भन्ने कुरामा सत्यता देखिँदैन।
हाम्रोजस्तो मुलुकमा बीसीजी लगाउँदालगाउँदै त टीबी लागिरहेको छ। यस्तो अवस्थामा त्यस खोपले भाइरसबाट बचाउला भनेर कसरी पत्याउनु ? यो अफवाह मात्र हो। ‘हाइपोथेटिकल’ कुरा मात्र हो।
बीसीजी क्षयरोग अर्थात् टीबीविरुद्ध दिइन्छ। यसको अर्थ बीसीजी ब्याक्टेरियाविरुद्ध दिइने खोप हो। तर, कोरोना ब्याक्टेरिया नभई भाइरस हो। यी दुईबीच कुनै अन्तरसम्बन्ध देखिँदैन।
नेपालमा कुनै रोगको महामारी देखिएको यो पहिलो पटक होइन। बिफर,दादुरालगायत रोगको प्रकोप पहिले आएका थिए। त्यस समयमा मानिसले ‘यो रोग दैवी प्रकोपका कारणले भएको हो’ भन्ने गर्थे। अहिले त ती रोगका भ्याक्सिनआइसके। शीतला, चेचकलगायत रोगबाट अहिले कसैको पनि मृत्यु हुने गरेको छैन।
‘पशुपतिनाथले हेर्छन्, नेपालीलाई केही हुँदैन’ भन्नेहरू हाम्रो देशमा छन्। कुनै ज्योतिषीले ‘नेपालमा कोराना फैलिँदैन’ भन्यो भने पत्याउनेहरू धेरै छन्। बीसीजीले कोरोनाबाट बचाउँछ भन्नु पनि त्यस्तै हो।
चीनको वुहानमा कोरोना देखियो। पूरै प्रान्तमा नभएर एउटा शहरमा मात्र फैलियो।त्यो भाइरस त्यहाँबाट बेइजिङ, हङकङमा त्यो गतिमा फैलिएन,तर अमेरिका, युरोपका मुलुकमा फैलियो। यसको कारण के हो त ?वुहानका सबै मान्छे अमेरिका, इटाली, स्पेन त पक्कै गएनन् होलान्। भाइरस फैलिनुमा तीन वटा कुराले मुख्य भूमिका खेल्छन्। एउटा वातावरण, दोस्रो रोग लाग्ने कारण र तेस्रो रोग लैजाने तत्त्व। कोरोनाको सन्दर्भमा मान्छे तत्त्व हो, कारण भाइरस हो र वातावरण वुहान शहर हो। यीचिजको सर्कल कहाँ–कहाँ पुग्यो, त्यसैअनुसार कोरोना फैलिने हो।
बीसीजीले कोरोनाबाट जोगायो भन्नुभन्दा पनि यसबाट बच्न हात धुने, संक्रमितको सम्पर्कमा नआउने, घरबाट बाहिर ननिस्कने गर्नु नै उपयुक्तहुन्छ।
(डा. बमसँग सुमित सुवेदीले गरेको कुराकानीमा आधारित)