वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौं : सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव  घिमिरेलाई निगमका अध्यक्षमा नियुक्त गरेको उच्च स्रोतले जानकारी दिएको छ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि तीन महिनादेखि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो। नवनियुक्त घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बनेका थिए।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गरेका थिए। उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ।

कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि  शेयर जारी गर्न सुझाएको थियो। त्यस्तै लेखा प्रणालीमा सुधार वित्तीय पुनर्संरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तव्य विस्तारलगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो। 

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.