गोरखामा कोरोना परीक्षण : आरडीटी पोजिटिभ, स्वाब परीक्षण नेगेटिभ

गोरखामा कोरोना परीक्षण : आरडीटी पोजिटिभ, स्वाब परीक्षण नेगेटिभ

गोरखा : र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा मंगलबार कोरोना पोजिटिभ देखिएका आरुघाट गाउँपालिकाका एक युवकको पीसीआर विधिबाट भएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। 

मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एक युवकको रिपोर्ट पोजिटिभ देखिएको थियो। 

उनको स्वाब पीसीआर विधिबाट पुनः परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो। बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट नेगेटिभ आएको आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले जानकारी दिए। 

मंगलबार आरुघाट गाउँपालिकामा विदेशबाट आएका ३९ जनामध्ये २० जनाको आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गरिएको थियो। ‘स्वास्थ्यकर्मीले एकजनाको रिपोर्ट पोजिटिभ देखिएको बताएका थिए।  उनी गत फागुन २२ गते बहराइनबाट नेपाल आएका हुन्। 

मंगलबारको परीक्षणमा आरुघाट गाउँपालिकाकै अर्का एक युवाको पनि रिपोर्ट शंकास्पद देखिएको भन्दै स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो। उनको समेत स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको अध्यक्ष दाहालले बताए। 

एकजनाको पोजिटिभ र अर्को जनाको शंकास्पद देखिएपछि दुवै युवालाई आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएको थियो। 

मंगलबार नै गोरखाको भीमसेन थापा गाउँपालिकाका २३ जनाको पनि आरडिटी परीक्षण गरिएको थियो। विदेशबाट आएका गाउँपालिकाभरिका २६ जनामध्ये २३ जनाको परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए। उनीको रिपोर्ट दुई दिनपछि मात्र आउने स्वास्थ्य कार्यालय, गोरखाले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.