कोरियाबाट फर्किएका पुरुषको रिपोर्ट र्यापिडमा पोजिटिभ : पीसीआरमा नेगेटिभ
![कोरियाबाट फर्किएका पुरुषको रिपोर्ट र्यापिडमा पोजिटिभ : पीसीआरमा नेगेटिभ](https://annapurnapost.prixacdn.net/media/albums/corona-test_20200412103047_5cQfYXrJ9d.jpg)
चितवन : र्यापिड डायग्नोसिस टेष्टमा कोरोना पोजिटिभ देखिएकोमा पीसीआर विधिबाट परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छ ।
रत्ननगरस्थित गुन्जमान सिंह अस्पतालमा र्यापिड टेस्ट गर्दा ४० वर्षीय पुरुषमा पोजेटिभ देखिएपछि भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका वरिष्ठ ल्याब टेक्नोलोजिस्ट दिपक सुवेदीले बताए ।
बुधबार साँझ आएको रिपोर्ट अनुसार गुन्जमान अस्पतालबाट पठाइएको स्वाब परीक्षण गर्दा अन्य तीन जनाको रिपोर्टसमेत नेगेटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)