लकडाउन उल्लंघन गर्दै बर्दीमै गोरखा पुगेका सईलाई प्रहरीले फर्कायो
गोरखा : लकडाउनका बेला बिनापासको गाडी चढेर गोरखा पुगेका प्रहरी नायब निरीक्षक पीके यादवलाई गोरखाको प्रहरीले बाटो बाटै फिर्ता गरेको छ।
प्रहरीको बर्दीमै बा २१ च १२६१ नम्बरको स्कोरपियो चढेर गोरखा पुगेका सई यादवलाई बारकिलोबाट फिर्ता गरेको जिल्ला प्रहरी प्रमुख ओम अधिकारीले जानकारी दिए।
‘सोधखोज गर्दा बर्दी लगाएर निजी काम गर्न आएको भन्ने बुझियो त्यसैले हामीले तत्काल त्यहीँबाट फर्कन आदेश गरेपछि उनी फर्किए’, एसपी अधिकारीले भने, ‘उनी बारकिलोबाटै फर्किएका छन्।’ सई यादव महानगरीय प्रहरीवृत्त कमलपोखरीमा कार्यरत हुन्।
उनी नजिकका आफन्त उद्धार गर्न भन्दै बिहीबार युनिफर्ममै गोरखातर्फ गएका थिए। उनलाई गोरखा नगरपालिका ११ स्थित बारकिलोबजारमा सडक सुरक्षामा खटिएका युवाले गाडी रोकेर अघि बढ्न दिएका थिएनन्।
लकडाउनका बेला अनियन्त्रित रुपमा मान्छेहरुको आवतजावत भएको भन्दै बिगत चारदिनदेखि यहाँका युवा सवारी निगरानीमा छन्।
प्रतिक्रिया दिनुहोस !