बर्दियामा ३ सय ६९ जनाको कोरोना परीक्षण

बर्दियामा ३ सय ६९ जनाको कोरोना परीक्षण

गुलरिया : बर्दियामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट(आरडीटी) र पोलिमेरस चेन रियाक्सन (पीसीआर) प्रविधिमार्फत ३ सय ६९ जनाको कोरोनाको एन्टीवडी तथा डीएनए परीक्षण गरिएको छ । आरडीटीमार्फत ३ सय ४६ जनाको द्रुत परीक्षण र पीसीआरमार्फत  २३ जनाको स्वाबको नमुना परीक्षण गरिएको हो ।

    
बर्दियामा गरिएको कोरोना परीक्षण अनुसार आरडीटी परीक्षणका सबै नतिजा नेगेटिभ आएको छ । पीसीआर परीक्षणका १७ जनाको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । पीसीआर परीक्षणमध्ये ६ जनाको नतिजा आइपुगेको छैन । 
    
गिरीका अनुसार द्रुत परीक्षण (आरडीटी) मार्फत गुलरियामा १ सय ८७, बारबर्दियामा ४२, मधुवनमा २७, बाँसगढीमा २२, राजापुरमा १२,  ठाकुरबाबा नगरपालिकामा ९ जना र गेरुवा ३२ तथा बढैयाताल गाउँपालिकाका क्वारेन्टाइनमा बसेका १६ जनाको कोरोना परीक्षण गरिएको छ ।
    
एकान्तवासमा बसेका गम्भीर प्रकृतिका शंकास्पद बिरामीहरुको स्वाब र अन्यको द्रुत परीक्षण गरिएको उनले जानकारी दिए । 'अझै धेरैको कोरोना परीक्षण गर्नुपर्ने भए पनि जिल्लामा र्‍यापिड किट तथा स्वाव संकलन गर्ने भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट अभाव छ', उनले भने, 'लकडाउन पूर्व तथा लकडाउनपछि जिल्ला भित्रिएका धेरैको कोरोना परीक्षण गर्न बाँकी छ । हामीसँग करिव साढे २ सय वटा र्‍यापीड किट र ५ वटा मात्र भीटीएम किट उपलब्ध छ ।'

लकडाउनका बेला जिल्ला भित्रिने क्रम नरोकिएपछि चुनौती बढ्दै गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । 'चैत्र महिनामा करिब ७ हजारभन्दा बढी जिल्ला भित्रिएका छन् । तिनीहरुलाई सामुदायिक क्वारेन्टाइनको अभावमा होम क्वारेन्टाइनमा बस्न पठाएका छौं', उनले भने, 'सबैको कोरोना परीक्षण गर्नुपर्ने छ हामीसँग प्रर्याप्त मात्रामा द्रुत परीक्षण किट छैन ।' 
    
कोरोना रोकथाम, नियन्त्रण र उपचारको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको समेत परीक्षण गर्न बाँकी छ । 'बर्दियाका विभिन्न क्वारेन्टाइनहरुमा २९ जना स्वास्थ्यकर्मी तथा ६५ जना सुरक्षाकर्मी परीक्षणको अग्रपंक्तिमा छन् । सीमानामा १ हजार ५ सय जना सुरक्षाकर्मी खटिएका छन्', उनले भने, 'बर्दियामा कोरोनामुक्त गरी ग्रीन एरिया बनाउने तयारीका साथ नियन्त्रण तथा रोकथाममा लागेका छौं ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.