आरडीटीमा पोजिटिभ रिपोर्ट आएका डडेल्धुराका युवामा कोरोना नभएको पुष्टि

आरडीटीमा पोजिटिभ रिपोर्ट आएका डडेल्धुराका युवामा कोरोना नभएको पुष्टि

डडेल्धुरा : आरडीटीमा पोजेटिभ देखिएका डडेल्धुराका एक युवाको कोरोना रिपोर्ट 'नेगेटिभ ' पुष्टि भएको छ।भारतबाट आएका डडेल्धुराका एक युवकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट 'पोजिटिभ' आएको थियो। 

उनको पीसीआर रिपोर्ट भने 'नेगेटिभ' आएको सेती प्रादेशिक अस्पतालले पुष्टि गरेको हो। जिल्लाको आलिताल गाउँपालिका २ का २५ वर्षीय ती युवकको गत चैत ३० गते डडेल्धुरा अस्पतालले र्‍यापिड टेस्ट गरेको थियो ।

डडेल्धुरा अस्पताल स्रोतका अनुसार आरडीटी रिपोर्ट पोजिटिभ आएपछि उनको थ्रोट स्वाबको नमूना संकलन गरी बैशाख १ गते धनगढीमा रहेको कोरोना प्रयोगशाला पठाएको थियो। पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई होम क्वारेनटाइनबाट  घर पठाइसकेको छ।

उनीहरुसँग सम्पर्कमा आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्ट्रोलर सुपरभाइजर एंव कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।

'ती युवकको सम्पर्कमा आएका व्यक्तिको विवरण संकलन भइरहेको छ। । भारतको बैंगलोरबाट फर्किएका उनी कैलालीको गौरीफन्टाबाट नेपाल भित्रिएका ९ सय ९९ मध्येका एक हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.