६ जना चिकित्सकको टोली अछाममा

६ जना चिकित्सकको टोली अछाममा

अछाम : सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको सक्रमितको संख्या बढेपछि सरकारले पठाएको ३३ जना चिकित्सकको टोलीलाई विभिन्न जिल्लामा खटाइएको छ । त्यसमध्ये डाक्टर सरदचन्द्र बरालको नेतृत्वमा अछाममा ६ जना डाक्टरको टोली आइतबार आइपुगेको छ । 

जिल्लामा कोरोना रोकथाम,उपचार तथा व्यवस्थापनका लागि ६ जना चिकित्सकको टोली पुगेको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए । अछाम अस्पताललाई कोरोना विषेश अस्पताल बनाएपछि डाक्टरको टोली अछाममा सरकारले खटाएको ढुंगानाले बताए । टोलीमा डा. मोहन नाथ, डा.धर्मराज रेग्मी, डा.मिलन सिलवाल, डा. क्षितिज सापकोटा, डा. बिष्णु खतिवडा रहेका छन् ।

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्न संघीय सरकारले चिकित्सकको टोली सुदूरपश्चिम पठाइएको थियो । खटाइएका स्वास्थ्यकर्मी अहिले एमडिएमएस गर्ने सबै जना सरकारको छात्रवृत्तिमा पढ्छन् । सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो। 

चिकित्सको टोली जिल्लामा एक महिनासम्म रहेर काम गर्ने बताइएको छ । यसैबीच जिल्ला अस्पताल मंगलसेनले स्वास्थकर्मीको टोलीलाई फूलमाला लगाएर स्वागतसमेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.