तीन प्रदेशका मजदुरलाई खाद्यान्न र औषधि वितरण

तीन प्रदेशका मजदुरलाई खाद्यान्न र औषधि वितरण

सुर्खेत : लकडाउनका कारण समस्यामा परेका तीन प्रदेशका करिब एकसय ६० जना मजदुरलाई एक युवकले खाद्यन्न तथा औषधि सहयोग गरेका छन् । जुम्लाको पातारासी गाउँपालिका–६ उर्थूका अम्मर बिष्टले व्यक्तिगत खर्चमा कर्णाली, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका गरिब तथा विपन्न परिवारसहित अलपत्र परेका भारतीय मजदुरलाई खाद्यान्नसहित औषधि खर्च सहयोग गरेका हुन् ।  

हाल काठमाडौंमा रहेका उनले कर्णाली प्रदेश राजधानी सुर्खेतस्थित दुर्गम क्षेत्रका स्वास्थ्य संस्थालाई समेत पीपीईसहित व्यक्तिगत सुरक्षा सामग्री सहयोग गरेका छन् । बिष्टले कोरोना माहामारीको बेला पीडित मजदुर तथा विपन्नलाई सहयोग गर्न जुम्लाबाट सुरु गरेका हुन् । जुम्लाका १७ जना विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका उनले जुम्ला तातोपानी गाउँपालिका–६ का दलित परिवारलाई प्रति व्यक्ति एक बोरा चामल दिएका छन् । तातोपानी गाउँपालिका–७ का एक दृष्टिविहीन दम्पति र चन्दननाथ नगरपालिका–७ की एक जना अपांग किशोरीलाई पनि उनले खाद्यन्न सहयोग गरे ।

सुर्खेतका स्वास्थ्य संस्थालाई एकसय थान पीपीई, पाँचसय थान सेनिटाइजर र ६ हजार थान मास्क सहयोग गरेका उनकै व्यक्तिग सहयोगमा प्रदेश ५, बाँके जिल्लाको कोहलपुर नगरपालिकामा बस्दै आएका भूमिहीन, सुकुम्बासी गन्धर्व तथा बादी समुदायलाई समेत खाद्यान्न प्रदान गरिएको हो । उनले बाँकेको कोहलपुरमा बस्दै आएका ८५ जना बादी तथा गन्धर्व समुदाय र २० जना दलित बादी तथा गन्धर्व परिवारलाई खाद्यन्न प्रदान गरेका हुन् ।

कोहलपुर–११ मा बस्दै आएका दम रोगी वीरबहादुर गन्धर्वलाई औषधि खर्च स्वरुप पाँच हजार नगद प्रदान गरे भने कोहलपुरमा तीन सातादेखि अलपत्र २५ जना भारतीय नागरिकलाई खाद्यान्न सहयोग गरे । त्यस्तै सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका पुर्नवास नगरपालिकामा बसोबास गर्ने अति विपन्न सुकुम्बासी समुदायका २८ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । ‘अलपत्र भातीय मजदुरसहित तीन वटै प्रदेशका विपन्न नागरिकलाई  छाक टार्नकै लागि भए पनि चामल, तेल, नुनलगाएत खाद्यन्न सहयोग गर्न पाउनु मेरो सौभाग्य हो’ उनले भने, ‘मरेर लैजानु केही छैन । त्यसैले यस्तो महा विपत्तिका बेला आफूसँग भएको थोरै सहयोग गरेको हुँ ।’

भारतको तेलंगना प्रदेश हैदराबाद्का २५ जना भारतीय नागरिकसहित खाद्यन्न सहयोग पाउने सबै नेपाली मजदुर तथा विपन्न परिवारले बिष्टलाई धन्यबाद दिएका छन् । राहत जनप्रतिनिधि र स्थानीय बुद्धिजीविहरुको उपस्थितिमा घरघरमै पुगेर वितरण गरिएको हो । कोहलपुर नगर कार्यपालिका सदस्य नारायणी वलीले विपत्तिको बेला खान लाउनसमेत धौधौ परेका नागरिकलाई सहयोग गरेर वडालाई सघाएको भन्दै उनलाई धन्यावाद प्रकट गरिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.