पटक पड्काउँदा गोरखाका एक युवकले दुई औला गुमाए
गोरखा : पटका पड्काउँदा सहिद लखन गाउँपालिका ७ गरञ्जागाउँका एक युवकका दुईवटा औला चुँडिएका छन्।
बुधबार साँझ पौने सातबजेतिर खेल्ने क्रममा पटका पड्काउँदा २० वर्षीय अनील थापाको देब्रे हातको दुई वटा औँला चुँडिएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए।
तिहारमा पड्काउने उद्देश्यले ल्याएको पटका खेलाँची गरी पड्काउन लाग्दा हातमै पड्किएर औँला चुडिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए। गोरखा सदरमुकामको एपोलो अस्पतालमा उनको उपचार भइरहेको श्रेष्ठले जानकारी दिए।
थप अनुसन्धानका लागि उनको घरमा प्रहरी पठाइएको एसपी अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस !