नेपालमा ४७ हजारको कोरोना परीक्षण

नेपालमा ४७ हजारको कोरोना परीक्षण

काठमाडौं : कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ। जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्‍यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। 

मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घण्टामा तीन हजार ७९१ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो। क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म १२ हजार ९८५ छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ८९ जना रहेको छ। काठमाडौँ उपत्यकामा तीन र उपत्यका बाहीर ८६ जना रहेका जानकारी गराइएको छ। त्यसैगरी हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २८७ पुगेको छ।

मन्त्रालयमा सञ्चालनमा रहेका कलसेन्टरमा गत २४ घण्टामा एक हजार ७०८ रहेका र ती सबै कलको सम्बोधन स्वास्थ्यकर्मीबाट भइसकेको पनि मन्त्रालयले जानकारी गारएको छ। कोरोना भाइरसबारे जानकारी लिनका लागि स्वमूल्याङ्कन फारम भर्नेको सङ्ख्या २४ हजार ९२६ रहेको छ। 

मन्त्रालयले यस भाइरसको रोकथाम, नियन्त्रण र सहजीकरणका लागि विभिन्न स्थानीय निकायमा खटिनका लागि समूह गठन गर्ने तयारी गरेको छ। जनस्वास्थ्य अधिकृत, प्रयोशालाका कर्मचारी, नर्स गरी तीनको समूह बनाइने जुन हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन, महानगरपालिकामा पाँचसमूह परिचालन गर्ने तयारी रहेको जनाएको छ। 

शुक्रबार नयाँ सङ्क्रमित नभएकाले नेपालमा हालसम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४८ नै रहेको छ। दश जना उपचारपछि घर फर्किसकेका छन्। ३८ को उपचार भइरहेको छ भने उपचारमा रहेका सबैको स्थिति सामान्य रहेको छ। 

यसैबीच मन्त्रालयले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा ज्येष्ठ नागरिकको स्वास्थ्य र स्याहारमा विशेष ध्यान पुर्‍याउन आग्रह गरेको छ। पछिल्लो समय औषधिको मूल्य बढेको कुरा बाहिर आएको भन्दै प्रवक्ता देवकोटाले मूल्य बढाउनुपर्ने कुनै कारण नभएको भन्दै सबै सम्बन्ध भएका निकायलाई कुनै पनि औषधिको मूल्य नबढाउन आग्रह गर्दै बढाएको पाइए कारवाही गर्ने चेतावनीसमेत दिए। 

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यस वर्षको रमजानमा घरमा नै बसेर नमाज पढ्न अनुरोध गरे।  शनिबारदेखि यस वर्षको रमजान शुरु हुँदैछ। यस भाइरसको नियन्त्रणका लागि आयोगले हरेक जिल्लामा अनुगमन समिति बनाएर मस्जिदको अनुगमन गरिरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.