मस्जिदमा रहेका २७ विदेशीको नतिजा नेगेटिभ
चितवन : जिल्लाका विभिन्न मस्जिदमा रहेका २७ विदेशी मुसलमान समुदायका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ। परीक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।
भट्टका अनुसार जिल्लाका विभिन्न मस्जिदमा १९ भारतीय र आठ जना पाकिस्तानी मुस्लिम समुदायका व्यक्ति रहेका छन्। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पनि पहिचान गरी र्यापिड डाइग्नोस्टिक टेस्ट र पिसिआर परीक्षण गरिएको उनले जानकारी दिए।
उनीहरुको नतिजा नेगेटिभ आएको भए पनि अहिले होम क्वारेन्टाइनमा राखिएको भट्टले बताए। उनले भने 'विदेशबाट आएका मुस्लिम सम्प्रदायका व्यक्तिलाई अहिले जहाँ छन् त्यही सुरक्षित साथ क्वारेन्टाइनमा राखिएको छ।' उनीहरु सुरक्षा निकायको निगरानीमा रहेका उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !