लकडाउनमा खेतबारीमा व्यस्त किसान
तानसेन : चैत्र ११ गतेदेखि देशव्यापी लकडाउनको कारण उधोग कलकारखाना ठप्प भएको छ । देशका अधिकांश भागमा कृषक भने खेतीपातीमा व्यस्त छन् ।
पाल्पाका कृषकहरू खेतबारीमा गहुँ जौ स्याहार्नेदेखि मकै छर्ने काममा जुटेका छन् । कतै खेतबारीमा मल फालिरहका छन् त कतै वर्षेवाली मकै लगाउने, डल्ला फोर्न जुटेका छन । खेतबारीको जौ गहुँ स्यहार्नदेखि खेतबारी सफा गर्ने वर्षभरि संकलन गरेको कम्पोष्ट मल फाली मकै छर्न अहिले किसानलाई भ्याइनभ्याइ भएको छ । कोरोना भाइरसको सक्रमणबाट बच्न कृषकहरुले दुरी कायम गर्दै काम गर्दै आएका छन् ।
यो समयमा सावधानी अपनाएर घरपरिवारका सदस्य मिलेर, मुखमा माक्स लगाउँदै दुरी कायम गरी खेतीपातिको काम गर्दै आएको तानसेनकी कृषक मायाँ न्यौपानेले बताइन् । एक महिनाभन्दा लामो लकडाउनको कारण उधोग कलकारखाना बन्द भएपछि रोजगारमा रहेका अधिकाशं परिवारका सदस्यहरु गाउँ घर फर्किएका छन् । लकडाउनको कारण परिवारका सदस्यहरु जुटेर खेतीपातीको काममा सहयोग मिलेको रैनादेवी छहरा गाउँपालिका कृषक माधव पोखरेलले बताउँछन्।
प्रतिक्रिया दिनुहोस !